logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • चीन बन्यो विश्वकै बढी सुन उत्पादन गर्ने मुलुक, अधिकाँश सुन गहना बनाउन प्रयोग

    चीन बन्यो विश्वकै बढी सुन उत्पादन गर्ने मुलुक, अधिकाँश सुन गहना बनाउन प्रयोग

    949
    Shares
    चीन बन्यो विश्वकै बढी सुन उत्पादन गर्ने मुलुक, अधिकाँश सुन गहना बनाउन प्रयोग

    एजेन्सी । अहिले विश्व बजारमा सुनको भाउ उकालो लागेको छ । विश्व बजारमा सुनको भाउ बढेर प्रतिआउन्स २३ सय २१ डलर पुगेको छ । लगानीकर्ताहरुले सुरक्षित ठानेर लगानी बढाएपछि सुनको मूल्य ग्राफ उकालो लागेको हो । यद्यपि, सुनको भाउ घटबढ हुँदै आएको छ ।

    गत वर्ष सन् २०२३ मा विश्वमा ३ हजार टन सुन उत्पादन भएको थियो । १६ मुलुकहरुले मात्रै २ हजार ३ सय टन सुन उत्पादन गरेका छन् । बाँकी ७ सय टन विश्वका अन्य मुलुकले उत्पादन गरेका छन् ।

    सन् २०२३ मा विश्वमा सबैभन्दा बढी सुन उत्पादन गर्ने मुलुक चीन भएको छ । गत वर्ष चीनले ३ सय ७० टन सुन उत्पादन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा चीनको सुन उत्पादन हिस्सा १२ प्रतिशत छ । चीनमा सुनका खानीहरू मुख्यतया पूर्वी प्रान्तहरू सानडोङ, हेनान, फुजियान र लिओनिङमा केन्द्रित छन् ।

    जनवरीसम्म चीनको सुन खानी भण्डार ३ हजार टन भएको अनुमान गरिएको छ । जुन विश्वव्यापी कुल ५९ हजार टनको लगभग ५ प्रतिशत हिस्साको प्रतिनिधित्व चीनले गर्दछ ।

    शीर्ष उत्पादक हुनुको अलावा चीन यस वर्षको लागि पहेंलो धातुको सबैभन्दा ठूलो खरिदकर्ताको रूपमा उभिएको छ । विश्व गोल्ड काउन्सिलका अनुसार विभिन्न मुलुकका केन्द्रीय बैंकहरुले मात्र गत वर्ष २ सय २५ टन सुन किनेका थिए ।

    सुन उत्पादनमा दोस्रो मुलुक अष्ट्रेलिया भएको छ । अष्ट्रेलियाले गत वर्ष ३ सय १० टन सुन उत्पादन गरेको छ । रसियाले पनि अष्ट्रेलियाको बराबर ३ सय १० टन सुन उत्पादन गरेको छ ।यसैगरी २ सय टन सुन उत्पादन गरेर क्यानाडा विश्वको चौथो मुलुक बनेको छ । अमेरिकाले १ सय ७० टन सुन उत्पादन गरेर पाँचौ मुलुक बनेको छ ।

    छैठौं स्थानमा काजकास्तान भएको छ । काजकास्तानले १ सय ३० टन सुन उत्पादन गरेको छ । सातौं स्थानमा रहेको मेक्सिकोले १ सय २० टन सुन उत्पादन गरेको छ ।

    आठौं स्थानमा रहेको इन्डोनेसियाले १ सय १० टन, नवौं स्थानामा रहेको दक्षिण अफ्रिकाले १ सय र उज्वेकिस्तानले पनि १ सय टन सुन उत्पादन गरेको भिजुअल क्यापटलिस्टले जनाएको छ ।

    घाना र पेरुले ९० ९० टन, ब्राजिल, बुर्किना फासो, तान्जेनिया र मालीले ६० ६० टन सुन उत्पादन गरेका छन् ।
    २०२३ मा उत्पादित अधिकांश सुन गहना उत्पादनमा प्रयोग गरिएको थियो । जबकि अर्को महत्वपूर्ण भाग सुनको बार वा सिक्काको रूपमा बेचिएको थियो ।

    गहनाको रुपमा विश्वमा ४६ प्रतिशत खपत भएको थियो । केन्द्रीय बैंक र संस्थाहरुले २३, भौतिक बारहरूमा १६, आधिकारिक सिक्का, पदक, र नक्कल सिक्कामा ९, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्समा ५ र अन्यमा १ प्रतिशत सुनको खपत हुने गरेको तथ्याँक प्राप्त भएको छ ।

    फिच सलुसन्सका अनुसार मध्यम अवधि २०२३ देखि २०३२ मा विश्वव्यापी सुन उत्पादन १५ प्रतिशत बढ्ने अपेक्षा गरिएको छ । किनकि उच्च मूल्यवृद्धिले लगानी र उत्पादकलाई प्रोत्साहन दिनेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend