logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • चालु आवमा तनहुँमा छ सय ४७ उद्योग दर्ता, दुई सय ७८ खारेज

    चालु आवमा तनहुँमा छ सय ४७ उद्योग दर्ता, दुई सय ७८ खारेज

    364
    Shares
    चालु आवमा तनहुँमा छ सय ४७ उद्योग दर्ता, दुई सय ७८ खारेज

    तनहुँ । चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् ।

    कार्यालयका वाणिज्यका अनुसार उद्योगतर्फ तीन सय ३६ र वाणिज्यतर्फ तीन सय ११ उद्योग दर्ता भएका छन् । एउटा घरबास (होमस्टे) पनि दर्ता भएको छ । गत आवमा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । दर्ता भएका उद्योगमध्ये कृषि तथा वन पैदावरतर्फ अधिक छन् ।

    दुई सय ७८ उद्योग खारेज

    चालु आवमा जिल्लामा दुई सय ७८ उद्योग खारेज भएका छन् । आर्थिक अभावका कारण उद्योग सञ्चालन गर्न नसकिने भन्दै सम्बद्ध व्यक्तिले आवेदन गरेपछि ती उद्योगको दर्ता खारेज गरिएको हो । कार्यालयमा गत आवमा दुई सय १० घरेलु उद्योग खारेजीका लागि आवेदन परेको थियो । गत आवको तुलनामा चालु आवमा उद्योग खारेजका लागि धेरै आवेदन परेको उक्त कार्यालयले जनाएको छ ।

    चालु आवमा कार्यालयले रु ४० लाख ४९ हजार एक सय २५ राजस्व सङ्कलन गरेको छ । वाणिज्यतर्फ रु १९ लाख ८५ एक सय ७५ र उद्योगतर्फ रु २० लाख ६३ हजार नौ सय ५० राजस्व सङ्कलन भएको छ । उद्योगतर्फका आठ सय ४० र वाणिज्यतर्फ सात सय ४१ गरी एक हजार पाँच सय ८१ घरेलु तथा साना उद्योगले नवीकरण गरेका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend