logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • माउन्ट एभरेष्ट ब्रुअरीलाई कर परीक्षण कागजात पेश गर्न कर कार्यालयको ‘अल्टिमेटम’

    माउन्ट एभरेष्ट ब्रुअरीलाई कर परीक्षण कागजात पेश गर्न कर कार्यालयको ‘अल्टिमेटम’

    585
    Shares
    माउन्ट एभरेष्ट ब्रुअरीलाई कर परीक्षण कागजात पेश गर्न कर कार्यालयको ‘अल्टिमेटम’

    काठमाडौं । अमात्य ग्रुपको स्वामित्वमा रहेको माउन्ट एभरेष्ट ब्रुअरीले कर नतिरेपछि ठूला करदाता कार्यालयले छानविन अघि बढाएको छ ।

    ठूला करदाता कार्यालयले कर परीक्षणका लागि कागजात पेश गर्न माउन्ट एभरेष्ट ब्रुअरीलाई भनेको छ । बियर कम्पनी माउन्ट एभरेष्टले आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क बुझाउन बाँकी रहेको कर कार्यालयले जनाएको छ ।

    कम्पनीले आर्थिक वर्ष २०७६/०७७ का लागि कार्यलयमा पेश गरेको विवरणहरुको परीक्षणका लागि आवश्यक कागजातहरु पेश गर्न २०७९ भदौमा पत्राचार गरेको थियो ।

    कार्यालयका प्रतिनिधिले पत्र बुझे पनि माउन्ट एभरेष्टका व्यवस्थापकले अटेर गरेको आरोप कर कार्यालयको छ । ठूला करदाता कार्यालयले सात दिनभित्र सम्पर्कमा आइ कागजात पेश गर्न माउन्ट एभरेष्टका सञ्चालकलाई भनेको छ ।

    सम्पर्कमा आएर कागजात पेश नगरे स्वत कर निर्धारण हुने चेतावनी ठूला करदाता कार्यालयले दिएको छ ।

    यता ठूला करदाता कार्यालयले माउन्ट एभरेष्टलगायत ठूला कम्पनीलाई यही वैशाख २४ गते सूचना प्रकाशित गरी १५ दिनभित्र आयकर, अन्तःशुल्क र भ्याट बुझाउन समय दिएको छ ।

    २०७८ चैतमा चार वटा बैंकहरुले चितवनमा रहेको माउन्ट एभरेष्टलाई ऋण नतिरको भन्दै लिलामीको प्रक्रिया अघि बढाएका थिए ।

    २०७२ सालअघि पनि ऋण तिर्न नसकेर बैंकहरुले पुनर्संरचना गरिदिएका थिए । पुनर्संरचनापछि पनि कम्पनीले ऋण तिर्न छाडेको र ऋण तिन अर्को बिकल्पसमेत नमानेपछि सहवित्तीयकरणमा ऋण लागेको कम्पनी लिलामीको प्रक्रिया अघि बढाएको थियो ।

    माउन्ट एभरेष्ट ब्रुअरीका प्रमुख सञ्चालक दमनबहादुर अमात्य हुन् । उनले कम्पनीका लागि नेपाल बैंकको नेतृत्वमा चार बैंकसँग ऋण लिएका थिए ।

    नेपाल बैंकसहित राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक र हिमालयन बैंकले कम्पनीमा ऋण लगानी गरेका थिए ।

    बैंकले २०७२ सालमा ६० करोड रुपैयाँ एकमुस्ट तिर्ने गरी ऋण पुनर्संरचना गरेको थियो । जुन सर्तमा ऋण पुनर्संरचना गरिएको थियो त्यो कुरा त्यसबेला पनि पालना भएको थिएन । अमात्यले ६ करोड रुपैयाँ मात्र बैंकलाई बुझाएका थिए ।

    उनले बाँकी रहेको ५४ करोड रुपैयाँको ब्याज मात्र भुक्तानी गर्दै आएका थिए । चार बर्षअघिबाट त्यो पनि उनले छाडेका थिए । बीचमा कोभिडलगायत समस्या आएपछि लिलामी प्रकृया अगाडि बढाउन बैंकहरुले सकेका थिएनन् ।

    अहिले पनि माउन्ट एभरेष्ट ब्रुअरीले एभरेष्टलगायत विभिन्न ब्राण्डको स्ट्रोङ बियर उत्पादन गरिरहेको छ ।

    बैंकले कम्पनीको नाममा रहेको भरततपुर गोन्द्राङस्थित फ्याक्ट्रीको जग्गा लिलामी गर्न लागेको थियो । त्यहाँ फ्याक्ट्रीको ४ विघा ५ कट्ठा साढे नौं धुर जग्गा छ ।

    यसरी गुम्यो माउन्ट एभरेष्टको बियर साम्राज्य

    एक जमानामा नेपालको बियर बजारमा माउन्ट एभरेष्ट ब्रुअरीको राज थियो । त्यसबेला माउन्ट एभरेष्ट गोरखा ब्रुअरी भन्दा धेरी माथि थियो ।

    माउन्ट एभरेष्टले फिलिपिन्सको सानमिगेल बियर उत्पादन गर्दै आएको थियो । कम्पनीले उत्पादन गरेको सानमिगेल बियर नेपालमा बियर पारखीको रुचाइमा पहिलो नम्बरमा थियो ।

    त्यसबेला माउन्ट एभरेष्टले सानमिगलेका अतिरित्त टाइगर र टाइगर स्ट्रोङ ब्राण्ड बियर उत्पादन गरेको थियो । फिलिपिन्सको सानमिगेलको स्वामित्व डेनमार्कको काल्सबर्ग ग्रुपले किनेपछि माउन्ट एभरेष्टको बिजनेस ओरालो लाग्न पुगेको हो ।

    नेपालमा सानमिगेल बियरको उत्पादन तथा बिक्रीतिवरण गोरखा ब्रुअरील गर्दे आएको छ । सानमिगेलको उत्पादन लाइसेन्स खोसिएपछि अमात्य ग्रुपले एभरेष्ट बियर बजारमा ल्याएको थियो । उद्योगले अहिले एभरेष्ट बियर उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

    बियर उत्पादन गरे पनि ग्रुप अहिले वित्तीय संकटमा छ । त्यही भएर सरकारलाई कर बुझाउन सकेको छैन् ।

    यस्तै ग्रुपको ‘ड्रिम प्रोजेक्ट’ पोखरामा रहेको फूलबारी रिसोर्ट बन्द भएपछि झनै समस्यामा परेको हो । फूलबारी रिसोर्टले बैंकहरुलाई ४ अर्ब रुपैयाँ बढी ऋण तिर्न बाँकी छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend