logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • हुन्डाई गाडीको ‘एसेम्बल’ अब नेपालमा, प्रधानमन्त्री दाहालले गरे उद्घाटन

    हुन्डाई गाडीको ‘एसेम्बल’ अब नेपालमा, प्रधानमन्त्री दाहालले गरे उद्घाटन

    1.5K
    Shares
    हुन्डाई गाडीको ‘एसेम्बल’ अब नेपालमा, प्रधानमन्त्री दाहालले गरे उद्घाटन

    काठमाडौं । दक्षिण कोरियाली गाडी उत्पादक कम्पनी हुन्डाई मोटर कम्पनीले नेपालमा एसेम्बल प्लान्ट स्थापना गरेको छ । हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा कम्पनीले नवलपरासीमा मोटर प्लान्ट स्थापना गरेको हो । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बल प्लान्ट’को शुक्रबार नवलपरासीमा प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार उद्घाटन गरेका छन् । नेपालमा गाडी एसेम्बल गर्ने हुन्डाइ पहिलो कम्पनी भएको छ ।

    लक्ष्मी मोटर कर्पोरेसनले नवलपरासीमा प्लान्ट स्थापना गरी हुन्डाई भेन्यू गाडी एसेम्बल गरेर बिक्रीमा राखेको छ। सरकारले एसेम्बल उद्योगलाई प्रोत्साहन गर्न कर छुट सुविधा दिएपछि नेपालको लक्ष्मी समूहले हुन्डाई गाडी एसेम्बल थालेको हो।  नवलपरासी रामग्राम नगरपालिका ६ मा १० विगाहा जग्गाभित्र एसेम्बल प्लान्ट तयार भएको हो।

    डेढ अर्ब रुपैयाँ भन्दा बढीका उपकरण जडान गरिसकिएको छ। कम्पनीले  प्लान्ट निर्माणका लागि ५ अर्ब १० करोड रुपैयाँ लगानी गर्ने योजना बनाएको सार्वजनिक गरेको छ। एसेम्बल प्लान्ट सञ्चालनमा आएपछि लगभग २ सय जनाले रोजगारी पाउने बताइएको छ। प्लान्टबाट वार्षिक ८ हजार हुन्डाइ गाडी एसेम्बल गर्ने योजना छ। तर। अहिले साढे ४ हजार युनिट उत्पादन हुने लक्ष्मीले जनाएको छ ।

    नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कुल ग्रार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीले बताए।

    “हाम्रा वित्तीय र मौद्रिक नीतिहरू नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्दछ”, प्रधानमन्त्री दाहालले भने, “ती नीति–नियमहरूले उत्पादन र रोजगारी प्रवर्द्धनमा योगदान गर्न सक्नुपर्दछ ।” उनले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गरे ।

    “भर्खरैमात्र तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । लगानीको पूर्वसन्ध्यामा अध्यादेश नै ल्याएर सरकारले महत्त्वपूर्ण ऐनहरू संशोधन गरेको छ”, प्रधानमन्त्री दाहालले भने, “यसले लगानीका क्षेत्रहरूमा देखिएका समस्या सम्बोधन गर्दै आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहित र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।”

     

    प्रधानमन्त्रीले लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलहरूमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताहरूको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य मुलुक बन्ने सङ्केत गरेको बताए।

    एक दशकअघि गोल्छा अर्गनाइजेसनको हुलास मोटर्सले नेपालमा मुस्ताङ म्याक्स गाडी उत्पादन गरेको थियो। प्रदूषण मापदण्डका कारण उक्त प्लान्ट बन्द हुन पुग्यो।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend