logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • अहिलेको राजनीतिले संघीयता बचाउन सक्दैन : सचिव झाँक्री

    अहिलेको राजनीतिले संघीयता बचाउन सक्दैन : सचिव झाँक्री

    741
    Shares
    अहिलेको राजनीतिले संघीयता बचाउन सक्दैन : सचिव झाँक्री

    काठमाडौं । नेकपा (एकीकृत समावादी) की सचिव रामकुमारी झाँक्रीले अहिलेको राजनीतिले संघीयता बचाउन नसक्ने बताएकी छन् ।

    बिहीवार काठमाडौंमा नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको स्मृति सभामा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

    संघीयता सबलीकरणका लागि शासकीय स्वरुप वा निर्वाचन प्रणाली फेर्न जरुरी रहेको बताइन् । उनले शासकीय स्वरुप र निर्वाचन प्रणाली नफेरिकन कतै नपुगिने दाबी गरिन् । उनले संघीयताले पूर्णता पाउने कुरामा आफू विश्वस्त नरहेको भन्दै संघीयता कहिलेसम्म हो भन्नेकुरामा शंका रहेको बताइन् ।

    उनले स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक रहेको पनि बताइन् । उनले समानुपातिक र प्रत्यक्ष निर्वाचित गरी २७५ जना सांसद चुनिसकेपछि राष्ट्रिय सभामा फेरि ५९ जना किन चाहियो भन्ने प्रश्न गरिन् । उनले राष्ट्रिय सभामा ५९ जना कायम राख्ने हो भने समानुपातिक प्रणाली हटाउनुपर्ने जिकिर गरिन् ।

    उनले भनिन्, ‘हामीले कि शासकीय स्वरुप फेरौँ, कि हामीले निर्वाचन प्रणाली फेरौँ वा हामीले निर्वाचन, कानूनमा केही न केही फेरौँ । केही पनि नफेरिकन हामी कतै पुग्दैनौँ । संघीयता कसरी बाँच्छ, यसले पूर्ण खोप पाउँछ की पाउँदैन म भन्न सक्दिन । यो राजनीतिले कसरी बचाउला यो संघीयता ? यो बच्चाले ९ महिनासम्मको पूर्ण खोप पाउँछ की पाउँदैन ? त्यसपछिको बुस्टर डोज त म भन्नै सक्दिन ।

    स्थानीय तहलाई जवाफदेही बनाउनै पर्छ, केही कानूनहरुको कमी छ । शासकीय स्वरुपहरुको सम्बन्धमा वा निर्वाचन प्रणालीको सम्बन्धमा ४० र ६० प्रतिशतको जुन मिश्रित निर्वाचन प्रणाली हो यसलाई पनि हेर्नुपर्छ । समानुपातिक र प्रत्यक्ष निर्वाचित गरेर जुन २७५ जनाको सदस्य बनाएका छौँ, राष्ट्रिय सभा फेरि यो ५९ जना किन बनाएको हो ? ५९ जना कायम राख्छौँ भने तल्लो सदनको समानुपातिक हटाउनै पर्छ ।’

    सचिव झाँक्रीले निर्वाचनको थ्रेस होल्ड बढाउनुपर्ने बताइन् । नेपालका ४० लाख मानिसहरु विचौलियाको धन्दा गरेर जीविकोपार्जन गर्ने गरेको दाबी गरिन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend