logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न काँग्रेसको माग

    डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न काँग्रेसको माग

    689
    Shares
    डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न काँग्रेसको माग

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

    शुक्रवार बसेको पार्टी संसदीय दलको बैठकले देशभरका विभिन्न ठाउँमा डढेलो तथा आगलागीबाट मृत्यु भएकाहरुप्रति समवेदना व्यक्त गर्दै पीडितलाई राहतको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।

    आगलागि र डढेलोबाट पीडितहरुलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक रमेश लेखकले बताए । त्यसैगरी बैठकले डढेलो तथा आगलागिबाट पाईप जल्दा देशका विभिन्न ठाउँमा खानेपानीको अभाव भएको भन्दै त्यसको पनि उचित व्यवस्था मिलाउन सरकारलाई सचेत गराएको छ । त्यसैगरी काँग्रेसले नेता प्रकाशमान सिंह, केन्द्रिय सदस्य अम्विका बस्नेत, पूर्वमन्त्री शेषनाथ अधिकारीको शिघ्र स्वास्थ्य लाभको पनि कामना गरेको छ ।

    प्र्रमुख सचेतक लेखकले भने, ‘देशभरमा विभिन्न ठाउँमा आगलागि भएको छ, डढेलोले धेरै मानिसहरु पीडित भएका छन् । र आक्रान्त भएका छन् । त्यसका तत्काल सरकारलाई डढेलोबाट, आगजनीबाट पीडित भएका मानिहरुलाई राहत दिनका लागि, पुनस्र्थापना गर्नका लागि हामीले अनुरोध गरेका छौं । र आगलागिबाट, डढेलोबाट मृत्यु भएका मानिसहरुप्रति हामीले श्रद्धाञ्जली व्यक्त गरेर सम्बन्धित परिवारलाई हामीले समवेदन व्यक्त बैठकबाट गरेका छौं ।

    अर्को विषय तराई मधेसमा भूमिगत जलस्रोत खस्केको छ । र पहाडमा पनि आगलागि, डढेलोका कारणले विभिन्न ठाउँहरुमा खानेपानीका पाईपहरु जलेर देशभरका विभिन्न ठाउँमा खानेपानीको समस्या देखापरेको छ । र यो समस्यालाई पनि तराई, मधेस र पहाडका विभिन्न ठाउँमा देखिएको खानेपानीको समस्यालाई उचित ढंगले सम्बोधन गर्न हामीले सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छौं ।

    नेता प्रकाशमान सिंह, केन्द्रिय सदस्य अम्विका बस्नेतजी, पूर्वमन्त्री शेषनाथ अधिकारीजी उहाँहरु अस्पतालमा स्वास्थ्य लाभ गरिरहनुभएको छ । उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छौं भने स्वर्गीय सूर्यमान गुरुङप्रति शोक व्यक्त गरेका छौं ।’

    काँग्रेसले पार्टी नेता सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रश्ताव पनि पारित गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend