logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न पाँच सदसीय समिति गठन

    न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न पाँच सदसीय समिति गठन

    780
    Shares
    न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न पाँच सदसीय समिति गठन

    काठमाडौँ । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज मर्मतमा भएको ढिलाइबारे छानबिन गर्न वरिष्ठ पाइलोट सुधिरसमशेर राईको संयोजकत्वमा पाँच सदस्यीय छानविन उपसमिति गठन गरिएको छ ।

    निगमका कार्यकारी अध्यक्ष यूबराज अधिकारीको अध्यक्षतामा बसेको संचालक समितिको बैठकले संचालक समिति सदस्य एवं वरिष्ठ पाइलोट राईको संयोजकत्वमा उक्त उप समिति गठन गर्ने निर्णय गरेको हो ।

    उक्त समितिलाई निगमको जहाजको इन्जिन इजरायल एयरोस्पेस उद्योग (आईएआई) मा मर्मत संभार गर्न पठाएकोमा समयमा नआएको र भाडाको इन्जिन समयमा नदिएको सम्बन्धमा छानविन एवम् अध्ययन गरी १५ दिनभित्र उपयुक्त राय सिफारिससहित प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

    उनले भने, “पहिलेको इन्जिन V2500 S/N V17672 मर्मतमा भएको ढिलाई र अर्को इन्जिन V2500 S/N V17679 ब्रेकडाउन पश्चात सम्झौताको शर्तअनुसार समयमा दिन नसकेको विषयमा विस्तृत विश्लेषण गरी क्षतिपूर्ति दाबी गर्न सिएएम विभागले कार्य अघि बढाउने भनी निर्णय भए बमोजिम आवश्यक कार्य प्रारम्भ समेत भैसकेको छ ।”

    सम्झौताको सर्तअनुसार समयमा इन्जिन दिन नसकेको निगमको ९ एन–एकेएक्स जहाजको इन्जिन मर्मतमा करिब ५ महिनाभन्दा बढी समय लागेको थियो ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend