logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • काँग्रेसले प्रतिशोधपूर्ण खालको राजनीति गरिरहेको छ : अध्यक्ष ओली

    काँग्रेसले प्रतिशोधपूर्ण खालको राजनीति गरिरहेको छ : अध्यक्ष ओली

    728
    Shares
    काँग्रेसले प्रतिशोधपूर्ण खालको राजनीति गरिरहेको छ : अध्यक्ष ओली

    काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसले प्रतिशोधपूर्ण राजनीति गरिरहेको आरोप लगाएका छन् ।

    डेढ वर्ष प्रधानमन्त्रीको प्रश्ताव गरेको काँग्रेसले आफूले भनेको नमानेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाएर प्रतिशोधपूर्ण ढंगले राजनीतिक गरिरहेको ओलीको आरोप थियो ।

    शुक्रवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले उपप्रधानमन्त्री लामिछाने सहकारी प्रकरणमा निर्दोष रहेको कुरा महान्यायाधिवक्ताको कार्यालयले समेत स्पष्ट पारेको जिकिर गर्दै ओलीले यस्ता कुरामा संसदीय छानविन समितिको माग गरेर काँग्रेसले राजीनामा माग्ने खेल शुरु गरेको दाबी गरे । पहिला प्रधानमन्त्रीको प्रश्ताव गरेको काँग्रेसले फेरी लामिछानेमाथि नभएको अभियोग लगाउने कोशिस गरेर छुुद्र राजनीति गरेको ओलीको भनाई थियो ।

    उनले भने, ‘महान्यायाधिवक्ताको कार्यालय भन्दैछ–केही पनि छैन । उहाँहरु विभिन्न पृष्ठमा नाम उल्लेख भएका कुराहरु खोजेर हिँड्नुहुन्छ । यो भन्दा अगाडिको बैठकमा भन्नुभयो । उहाँको नाममा नगरौं । सहकारीको अवस्थाको बारेमा छानविन गरांै । मैले भने अब सहकारीको अवस्थाको बारेमा के छानविन गर्ने ? सहकारीमा बेथिति भएको छ कि छैन ? भन्दा छ । हिनामिना भएको छ कि छैन ? भन्दा छ । सहकारीमा लगानीकर्ताहरु डुबाइएको छन कि छैनन् भन्दा छ ।

    कुन कुन सहकारीको अवस्था के छ, त्यो पनि थाहा छ । अब रिसर्च गर्ने त्यो भन्दा ? सरकारले कदम चाल्न प¥यो अब कसरी यो समस्याको समाधान गर्ने । अब सरकारले कदम चालेर समस्याको समाधान गर्नुपर्यो । हामीले रविजीको राजीनामा मागेका छैनौँ भन्छ काँगेस । अहिले राजीनामा मागिएको छैन । केही पनि नहुँदा समिति बनाउ भन्ने, समिति बनेपछि आफ्नै बारेमा छानविन गर्न आफैँ उपस्थित भएको संसद छानविन गर्नु परेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? उपप्रधानमन्त्री, गृहमन्त्री भएर झण्डा हल्लाउन मिल्छ ? छानविनलाई प्रभावित गर्दैन पुलिसले ? अनि गृहमन्त्री कसरी पदमा रहन सक्छ भन्ने । त्यो छानविन समिति बनाई सकेपछि तत्काल उहाँहरुले शुरु गर्नुहुन्छ राजीनामाको खेल । अनि, एकातिर डेढ वर्ष तपाई प्रधानमन्त्री भईदिनुस् ।’

    ‘यो समिकरण छोडिदिनुस्, हाम्रो गठबन्धनमा आउनुस् । डेढ वर्ष प्रधानमन्त्री खाईदिनुस् भन्न जाने । त्यो हुन्न भनेर त्यो कागजको सम्झौतामा सही नगरेपछि अनि विभिन्न फाईल बोकेर रिसर्च गर्नुपर्ने । नेपाली काँग्रेसको यस्तो तरिका फिअर छैन । यस अधिवेशनमा उहाँहरु कसरी आउनुहुन्छ ? मलाई थाहा छैन । तर राजनीतिमा यस प्रकारको छुद्र खेलहरु खेलिनु हुँदैन । साच्चै कोही दोषी छ भने त्यो छानविन गर्नु, कारबाही गर्न बेग्लै कुरा हो ।

    दोषी छैन, कसैको उजुर छैन । अनि फेरि दोषी करार गरेर कुनै पार्टीलाई सनक चल्यो भन्दैमा, कसैलाई धक्का पर्यो भन्दैमा त्यस प्रकारको छानविन गर्ने, अव कसैलाई एउटा उजुर हाल्न लगाई देला । उजुर हालेको भरमा छानविन गर्न थाल्ने हो भने सबैका विरुद्ध उजुरी पर्दछन् । सबैको छानविन हुन्छ । किन ? आधार त केही पनि चाहिँदैन । यस्तो खालको कुरा कमसेकम नेपाली काँग्रेसले गर्नु हुँदैन । एमाले त्यस्ता खालका कामहरु गर्दैन । काँग्रेसले पनि यस्तो काम गर्नु हुँदैन । प्रतिशोधी र स्वार्थ केन्द्रित राजनीति राजनीति होइन’ उनले भने ।

    ओलीले कसैले उजुरी हालेको भरमा छानविन समिति बनाउने कुरा उचित नभएको र त्यसलाई मान्य पक्षमा आफूहरु नरहेको अडान पनि राखे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend