logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • राष्ट्रिय सभामा प्रतिनिधि सभाको छायाँ पर्न खोजेको आभाष भयोः नेता शर्मा

    राष्ट्रिय सभामा प्रतिनिधि सभाको छायाँ पर्न खोजेको आभाष भयोः नेता शर्मा

    689
    Shares
    राष्ट्रिय सभामा प्रतिनिधि सभाको छायाँ पर्न खोजेको आभाष भयोः नेता शर्मा

    काठमाडौं । राष्ट्रिय सभा सदस्य मायाप्रसाद शर्माले राष्ट्रिय सभामा प्रतिनिधि सभाको छायाँ पर्नु नहुने बताएका छन्। शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले राष्ट्रिय सभा प्रतिनिधि सभा भन्दा फरक भएकाले अन्तरबिरोध र अन्तरसंघर्ष ननिकाली मेलमिलापबाट अघि बढ्न जरुरी रहेको बताए । राष्ट्रिय सभामा बिस्तारै प्रतिनिधि सभाको छायाँ पर्न लागेको आभाषा आफूलाई भइरहेको पनि बताए । उनले राष्ट्रिय सभालाई गरिमायुक्त सभा बनाइराख्न सबै सांसदहरुले गम्भीर भएर सोच्नुपर्ने बताए ।

    उनले भने, ‘म यहाँ करिव करिव ४ वर्ष भयो । यहाँ अन्तरबिरोध र अन्तरसंघर्ष त्यस्तो देखिएन । सबै हामीले मेलमिलापकै बीचबाट गर्यौँ । अब फेरि बिस्तारै प्रतिनिधि सभाको छायाँ यहाँ पर्छ जस्तो लाग्छ । यो पयो भने राष्ट्रिय सभाको अर्थ हुँदैन । राष्ट्रिय सभाको जुन गरिमा छ, राष्ट्रिय सभा अलिकति फरक हो । र यसले फरक पहिचान स्थापित गर्नुपर्छ भन्ने सबैलाई थाहा छ । पल्लापटि रोके यहाँ पनि रोक्ने र त्यहाँ नारा लगाए यहाँ पनि नारा लगाउने र त्यहाँ जेजे गर्दछन्, यहाँ त्यस्तै गर्ने हो भने फोटोकपी मेसिनको दुई ठाउँ आवश्यक हुँदैन । त्यसकारण फरक ढंगले परिचालन गर्ने रुपमा नेता महोदयहरु सबैले सोच्नुपर्छ ।’

    उनले २०१३ सालको कानून चलाएर संघीयता सबलीकरण हुन नसक्ने बताए । संक्रमणकालीन न्यायसँग सम्बन्धित विषय राष्ट्रको विषय भएको छिटो टुंग्याउन आवशयक रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend