logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • पत्रकार उपाध्यायलाई आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान

    पत्रकार उपाध्यायलाई आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान

    780
    Shares
    पत्रकार उपाध्यायलाई आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान

    काठमाडौँ । नेपाल युवा परिषदले पत्रकार दीर्घराज उपाध्यायलाई आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान गरेको छ ।

    नेपाल युवा परिषदद्धारा धनगढीमा आयोजित प्रदेश युवा सम्मेलनमा पश्चिम टुडे राष्ट्रिय दैनिकका प्रधान सम्पादक उपाध्यायलाई पत्रकारिता बिधा तर्फको आईकन अफ सुदूरपश्चिम अवार्ड प्रदान गरिएको हो । प्रदेश युवा सम्मेलनका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले पत्रकार उपाध्यायलाई दोसल्ला सहित सम्मान पत्र प्रदान गरेका थिए ।

    पत्रकारिताका माध्यमबाट सुदूरपश्चिमको पर्यटन क्षेत्रको विकासमा योगदान पुर्याएकोमा उच्च प्रशंसा गर्दै नेपाल युवा परिषदद्धारा आईकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गरिएको हो । उक्त सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा थप चिनाउन उपाध्यायको पहलकदमी रहोस भन्दै नेपाल युवा परिषदले शुभकामना समेत प्रदान गरेको थियो ।

    बिहीवारदेखि शुरु भएको प्रदेश युवा सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ । सम्मेलनको दोस्रो दिन बिभिन्न बिधामा योगदान पुर्याउने व्यक्तिहरुलाई आईकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गरिएको हो ।

    सम्मेलनमा सुदूरपश्चिम प्रदेशका रक्तदाताहरु मध्ये सर्बाधिक १०५ पटक रक्तदान गर्ने दीपक उपाध्याय, उद्योगी तर्फ आदित्य अग्रवाल, शिक्षा क्षेत्र तर्फ अनिता जोशी, समाजसेवा तर्फ कल्पना भट्ट, संगीत तर्फ रेखा जोशी, सूचना प्रबिधि तर्फ दिपेन्द्र जोशी लगायतलाई आईकन अफ सुदूरपश्चिम अवार्डबाट सम्मान गरिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend