शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने नीति तथा कार्यक्रम र बजेट आओस्ः सांसद भुषाल

समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने नीति तथा कार्यक्रम र बजेट आओस्ः सांसद भुषाल

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजावादी) का सांसद डा. वेदुराम भुषालले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने किसिमका हुनुपर्ने बताएका छन् । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नागरिकले उठाएका प्रश्नहरुको जवाफ दिनसक्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए । सरकारको अदलाबदली र अस्थिरताका कारण देशमा जनमुखी कार्यक्रमहरु हुन नसकेको जिकिर गरे । उनले राजनीतिक दलहरु सत्ताका लागि मात्रै केन्द्रित भएको आरोप लगाए ।

उनले भने, ‘आजसम्मका प्रश्नको समाधान दिन हामी सक्छौँ की सक्दैनौँ । यदी सक्छौँ भने आज जुन खालको यो सत्ताको अदलाबदलीले अस्थिरता सिर्जना गर्यो, केही कानून निर्माण हुन सकेनन् । राजनीतिक दलहरु खालि सत्ताका लागि मात्रै केन्द्रित भए भन्ने छ । ति सबै सकिनेछन् । सबै प्रश्न, आलोचनाको, सबै गुनासोको एकमुष्ठ समाधान हुनेछ ।

अहिले पनि हामीले त्यस खालको नीति कार्यक्रम ल्याउन सकेनौँ भने, समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने नीति, कार्यक्रम र बजेट ल्याउन सकेनौँ भने हामीप्रतिका प्रश्नहरु झनै उठ्नेछन् । यो अधिवेशनमा नेपाली समाजको वर्तमान अवस्थालाई गुणात्मक रुपले परिवर्तनका लागि दिशा निर्देश गर्ने खालका नीति कार्यक्रम आउन् ।’

सांसद भुषालले आगामी अधिवेशनमा नेपाली समाजको वर्तमान अवस्थालाई गुणात्मक रुपले परिवर्तनका लागि दिशा निर्देश गर्ने खालका नीति कार्यक्रम आउनुपर्नेमा जोड दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend