logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • ईपीएस कार्यालयद्धारा सञ्चालित दोस्रो चरणको सीप परीक्षण (स्किल टेष्ट) को नतिजा सार्वजनिक

    ईपीएस कार्यालयद्धारा सञ्चालित दोस्रो चरणको सीप परीक्षण (स्किल टेष्ट) को नतिजा सार्वजनिक

    871
    Shares
    ईपीएस कार्यालयद्धारा सञ्चालित दोस्रो चरणको सीप परीक्षण (स्किल टेष्ट) को नतिजा सार्वजनिक

    काठमाडौँ । वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कार्यालयले यही वैशाख ९ गतेदेखि १५ गतेसम्म सञ्चालित दोस्रो चरणको सीप परीक्षण (स्किल टेष्ट) को नतिजा सार्वजनिक गरेको छ ।

    रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तगर्त उत्पादनमूलक क्षेत्रको दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक गरिएको हो । दोस्रो चरणको लागि छनोट भएका ६ हजार ३२१ जनामध्ये ५ हजार ७५३ जना पास भएको ईपीएस कोरिया शाखाले जनाएको छ ।

    दोस्रो चरणका लागि छनोट भएका ४९८ जना फेल भएका र ७० जना परीक्षामै सहभागी नभएको ईपीएस कार्यालयले जनाएको छ । सीप परीक्षणमा उत्तिर्ण भएका व्यक्तिहरुको दक्षिण कोरियामा ईपीएस अन्तर्गत रोष्टर सूचीकृत प्रकृयाको लागि स्वास्थ्य परीक्षण र रोजगार आवेदन फाराम (जब एप्लिकेशन फाराम) दर्ता गरिने कार्यालयले जनाएको छ ।

    उत्तिर्ण भएकाहरुको स्वास्थ्य परीक्षण यही २०८१ वैशाख ३१ गतेदेखि जेठ २ गतेसम्म विभिन्न चार वटा अस्पतालमा हुने ईपीएस शाखाले जनाएको छ ।

    त्यसका लागि पाटन अस्पताल, शुक्रराज ट्रपिकल अस्पताल, नेपाल कोरिया मैत्री अस्पाल र निजामती अस्पतालमा स्वास्थ्य परीक्षण हुने जनाइएको छ । यस्तै जेठ ५ गतेदेखि ८ गतेसम्म अनलाइनमार्फत रोजगार आवेदन फाराम दर्ता गरिने ईपीएस शाखाले जनाएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend