logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेपालमा केबुलकारका स्रष्टा ‘गोरखाली साहस’ नामक पुस्तक बिमोचन

    नेपालमा केबुलकारका स्रष्टा ‘गोरखाली साहस’ नामक पुस्तक बिमोचन

    780
    Shares
    नेपालमा केबुलकारका स्रष्टा ‘गोरखाली साहस’ नामक पुस्तक बिमोचन

    काठमाडौँ । नेपालकै पहिलो मनकामना केबुलकारका परिकल्पनाकार, निर्माता तथा व्यवसायी स्व लक्ष्मणबाबु श्रेष्ठको जीवनीमा आधारीत नेपालमा केबुलकारका स्रष्टा ‘गोरखाली साहस’ नामक पुस्तक बिमोचन भएको छ।

    शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच स्व लक्ष्मण बाबु श्रेष्ठको जीवनीमा आधारित रहेर लेखिएको पुस्तक ‘गोरखाली साहस’ परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा बिमोचन गरिएको हो ।

    क्रियटिभ र भिजनरी व्यवसायी स्व लक्ष्मण बाबु श्रेष्ठले नेपालमै पहिलोपटक मनकामना केबुलकार औपचारीक रुपमा २०५५ साल मंसिरदेखि सञ्चालनमा ल्याएका थिए । पुस्तक बिमोचन समारोहमा बोल्दै स्व लक्ष्मण बाबुका छोरा तथा मनकामना दर्शन अध्यक्ष राजेशबाबु श्रेष्ठले आफ्ना बुबाले अनेक आरोह अवरोहका बीच व्यवसायको विविधीकरण अन्तरगत आफ्नो जन्मथलो गोरखामा केबुलकार निर्माण गरेको स्मरण गरे । नेपालकै प्रख्यात तीर्थस्थलमा पहिलोपटक केबुलकार सञ्चालनमा ल्याएकोले यो पुस्तकमा उनलाई केबुलकारका स्रष्टा भन्दा अनुपयुक्त नहुने धारणा व्यक्त गरे।

    त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्व लक्ष्मणबाबु श्रेष्ठ दुरद्रष्टा रहेको भन्दै नेपाली समाजले उहाँलाई सम्झनु र प्रेरणा लिनुपर्ने बताए । उनले उहाँलाई साहस र संकल्पका व्यक्ति दुरद्रष्टी भएको व्यक्ति कर्मशील व्यक्तिका रुपमा स्मरण गर्नुपर्ने बताए । उहाँसग पारीवारीक रुपमा पनि जोडिन पाउँदा आफलाई गर्व लागेको उनले बताए ।

    त्यस्तै पुस्तकका लेखक प्रा.डा जयराज आचार्यले पैसा कमाउने होइन मित्र कमाउने हो र शत्रुसँग पनि रिसाउनु हुन्न भन्ने जस्ता युक्ति छोडेर लक्ष्मणबाबु गएको बताए ।

    न्यु नेपाल प्रेसले प्रकाशन गरेको पुस्तकको अनुसन्धान तथा लेखन आचार्य र बिबेक गौतमले गरेका थिए। पुस्तक बिक्रीबाट संकलित रकम लक्ष्मण बाबु श्रेष्ठ स्मृति कोषमार्फत समाजिक सेवामा खर्च गरिने भएको छ।

    चितवन कोई निर्माण कम्पनीबाट व्यवसायिक जीवन आरम्भ गरेका श्रेष्ठले कृषि, केबुलकार, जलविद्युत व्यवस्थापन, ट्रेडिङ क्षेत्रमा लगानी गरेका थिए । श्रेष्ठले दर्जनौं राष्टिय सम्मान प्राप्त पाउनुका साथै उनी अष्ट्रियाका लागि नेपाली अवैतनिक महावाणिज्यदुतसमेत थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend