logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • कर्णालीका बिरामीलाई काठमाडौँ मेडिकल कलेजमा निःशूल्क उपचार

    कर्णालीका बिरामीलाई काठमाडौँ मेडिकल कलेजमा निःशूल्क उपचार

    1.2K
    Shares
    कर्णालीका बिरामीलाई काठमाडौँ मेडिकल कलेजमा निःशूल्क उपचार

    काठमाडौँ । हुम्ला जिल्लामा केही दिन पहिले सञ्चालन गरिएको स्वास्थ्य शिविर मार्फत रिफर भएका बिरामीहरु थप उपचारका लागि आज काठमाडौँ मेडिकल कलेजमा आएका छन् ।

    काठमाडौँ मेडिकल कलेज, सिनामंगलका विशेषज्ञ चिकित्सकहरुको टोलीले कर्णालीका विभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने क्रममा हुम्लामा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको थियो ।

    उक्त शिविरबाट रिफर भएका दजर्नौ बिरामीहरु आज उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामंगलमा आएका हुन् । दुर्गम जिल्लाका बिरामीलाई काठमाडौँ मेडिकल कलेजमा निःशुल्क उपचार गर्न पाउँदा आफु एकदमै हर्षित भएको नेपाली कांग्रेसका नेता एवं सांसद डा सुनिल शर्माले जानकारी दिए ।

    डा शर्माकै नेतृत्वमा केही हप्ता पहिले काठमाडौँ मेडिकल कलेजले सुदूरपश्चिम र कर्णाली प्रदेशका दुर्गम जिल्लाहरुमा निःशुल्क स्वास्थ्य सिबिरको आयोजना गरेको थियो ।

    कर्णाली क्षेत्रमा गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट रिफर गरिएकाहरुलाई गाडि भाडा समेत डा शर्माले नै उपलब्ध गराएर यहाँ सम्म पुर्याउनु भएको बताइएको छ । थप उपचारका लागि आएकाहरु मध्ये अधिकांस महिलाहरु रहेका छन् । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकाका सञ्चालन गरिएको उक्त निःशुल्क स्वास्थ्य शिविरबाट करिक एक हजार ८ जनालाई उपचार सेवा दिईएको थियो ।

    डा सुनील शर्मा नेतृत्वको चिकित्सक टोलीले यसअघि यही वैशाख १३ गते डोटीको दिपायल र १५ गते बाजुराको तिलिचौर मुगुको गमगढी तथा हुम्लाको सर्केगाडमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । उक्त सिविरमा मुटु रोग, बाथरोग, न्यूरोसम्बन्धी समस्या, पाठेघरको समस्या, दम, हाडजोर्नी, निमोनियालगातका रोगको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरिएको सांसद डा शर्माले जानकारी दिए ।

    शिविरमार्फत स्वास्थ्य जाँच गरिएका बिरामीमध्ये ९७ जनामा गम्भीर प्रकृतिको रोग देखिएको थियो । गम्भीर रोग देखिएका या आशंका लागेकालाई बाटोखर्च समेत दिई काठमाडौँ बोलाइएको तथा काठमाडौँ मेडिकल कलेजमा निःशुल्क शल्यक्रिया तथा थप उपचार सुरु गरिने डा शर्माले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend