शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

कांग्रेसको अवरोध पछि प्रतिनिधि सभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित

कांग्रेसको अवरोध पछि प्रतिनिधि सभा बैठक जेठ १ गतेसम्मका लागि स्थगित

काठमाडौँ। कांग्रेसको अवरोध पछि प्रतिनिधि सभा बैठक आउँदो जेठ १ गतेसम्मका लागि स्थगित गरिएको छ ।

शुक्रवार दोस्रो पटक बसेको बैठकमा पनि नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै उठेर नाराबाजी गरेपछि बैठक आउँदो जेठ १ गते अपरान्ह ६ बजे सम्मका लागि स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

बैठकमा नेपाली कांग्रेसका सांसदहरुले सहकारी पीडितलाई न्याय दिन माग गर्दै सरकारबिरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरुले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगीबारे संसदीय छानविन समिति नबनेसम्म सदन चल्न नदिने चेतावनी समेत दिएका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend