logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • रवि र गगन आमने सामने : सहकारीबाट ऋण मागेको प्रमाण देखाउन गगनलाई रविको चुनौती

    रवि र गगन आमने सामने : सहकारीबाट ऋण मागेको प्रमाण देखाउन गगनलाई रविको चुनौती

    1.2K
    Shares
    रवि र गगन आमने सामने : सहकारीबाट ऋण मागेको प्रमाण देखाउन गगनलाई रविको चुनौती

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसका महामन्त्री गगनकुमार थापालाई आफूले सहकारीबाट ऋण मागेको प्रमाण देखाउन चुनौती दिएका छन् ।

    प्रतिनिधि सभाको बैठकमा कांग्रेसले गरेको अवरोधपछि सदन स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले गगन जीले त्यो प्रमाण देखाए आफूले संसदिय समिति त के राजनीति नै छाड्ने बताए ।

    उनले भने, ‘माननीय गगन थापाले आज गृहमन्त्रीले आफैंले हस्ताक्षर गरेर ऋण मागेको मसँग प्रमाण छ भन्नुभयो । मेरो चुनौती उहाँले त्यो प्रमाण दिनुभयो भने म राजनीति छोड्दिन्छु । दिन सक्नुभएन भने उहाँले राजनीति छाड्नुपर्ने हुन्छ ।’

    सञ्चारकर्मीहरुसँग थप कुरा गर्दै उपप्रधान तथा गृहमन्त्री लामिछानेले संसदीय समिति सामान्य भन्दा पहिला आफुले सदनमा बोल्न पाउनुपर्ने बताए । प्रतिनिधि सभाको आजको बैठकमा कांग्रेका महामन्त्री गगनकुमार थापाले गृहमन्त्री आफू संलग्न नभए समिति बनाउन किन डराएको ? किन आत्तिएको ? भन्दै प्रश्न गरेका थिए ।

    ‘गृहमन्त्रीमाथि कहीँ अभियोजन भएको छैन, अनुसन्धान भएको छैन भनेर झुट बोल्ने ? रुपन्देही प्रहरी कार्यालयले गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएका प्रमाणहरु पेश गरौँ ? सहकारीमा आफैँले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेश गरौँ ? एक अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरु पेश गरौँ ?’ भन्दै महामन्त्री गगनकुमार थापाले आजको बैठकमा प्रश्न गरेका थिए ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend