logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • ‘लन्डन टु पेरिस’ को टिजर प्राविधिक रुपमा कमजोर

    ‘लन्डन टु पेरिस’ को टिजर प्राविधिक रुपमा कमजोर

    1.4K
    Shares
    ‘लन्डन टु पेरिस’ को टिजर प्राविधिक रुपमा कमजोर

    काठमाडौँ । आज सार्वजनिक भएको ‘लन्डन टु पेरिस’ को टिजर प्राविधिक रुपमा कमजोर देखिएको छ । आउँदो जेठ २५ गते रिलिज हुन लागेको उक्त सिनेमाको आज टिजर सार्वजनिक गरिएको थियो ।

    टिजर सार्वजनिक भएलगत्तै लाइटको पाटोमा सिनेमा स्पष्ट रुपमा चुकेको देख्नसकिने भन्दै आलोचना सुरु भएको हो । लामो समय भिषा समस्याका कारण पेरिसमा सुटिङ हुन नसकेको सिनेमाले अन्ततः भारतको फिल्मसिटीमा पुगेर सिनेमाको छायाँकन टुंग्याएको थियो ।

    उक्त सिनेमामा भारतीय प्राविधिकहरुको उल्लेख्य रुपमा काम गरेका तथा सिनेमाको पोष्टप्रोडक्सनको काम भारतका व्यवसायिक स्टुडियोमा गरिएकाले पनि यो सिनेमा प्राविधिक रुपमा अब्बल हुने आशा राखिएको भएपनि अहिले आएर प्राविधिक रुपमा कमजोर देखिएको बताइएको छ ।

    विशेषगरी लाइटको पाटोमा र कमजोर खिचाइको कारण नै रंग संयोजन पनि समस्याग्रस्त देखिएको तथा क्यामरा र रंग संयोजनमा चुकेकै कारणले टिजर हेर्दा आँखालाई बिझाउने गरेको बताइएको छ । प्रेमकथा भएकाले सिनेमाको टिजर रंगका हिसाबले चम्किलो र रंगिन देखिनुपर्ने हो तर ‘लन्डन टु पेरिस’ को टिजरमा यही कुरा खट्किएको सिनेमासँग सम्बन्धित जानकारहरु बताउँछन् ।

    स्कृनमा बबाल देखिने गरेकी साम्राज्ञी, डेब्यू अभिनेता निश्चल खड्का, अभिनेत्री गरिमा शर्मा यो सिनेमाको टिजरमा फिक्का देखिएका भन्ने आरोप छ । घनश्याम लामिछाने निर्देशित ट्राभल लभस्टोरी सिनेमाको करिब दुई मिनेट अवधिको टिजर कमजोर देखिएको छ । टिजर हेरिरहदां दर्शक आकर्षित गर्ने चुम्बकिय तत्व यसले दिन नसकेको बाइएको छ ।

    दर्शकलाई आकर्षित गर्न सिनेमाले ठूले मेहनत गर्नुपर्ने देखिएको छ । यसअघि रिलिज भएको गीतले पनि दर्शकलाई आकर्षित गर्न असफल भइसकेको छ ।

    एबी इन्टरनेश्नलको प्रस्तुति तथा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको सिनेमामा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend