logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • हाम्रो पार्टी फुटाए, अब पार्टी फुट्ने पालो माओवादीको : अध्यक्ष यादव

    हाम्रो पार्टी फुटाए, अब पार्टी फुट्ने पालो माओवादीको : अध्यक्ष यादव

    2.2K
    Shares
    हाम्रो पार्टी फुटाए, अब पार्टी फुट्ने पालो माओवादीको : अध्यक्ष यादव

    काठमाडौँ । जनता समाजवादी पार्टी, (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अब पार्टी फुट्ने पालो नेकपा (माओवादी केन्द्र) को भएको बताएका छन् ।

    आज रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै यादवले माओवादीले नै आफ्नो पार्टी फुटाएको आरोप लगाउँदै अव फुटको सिकार माओवादी नै हुने बताए ।

    पार्टी फुटाउने नेताहरुलाई मागे जति दिएर पनि सन्तुष्ट बनाउन नसकेको टिप्पणी गर्दै उनले उनीहरुको गन्तव्य माओवादी र एमाले नै भएको जिकिर गरे । पार्टी फुटाएको विषयलाई लिएर सर्वोच्चमा न्यायका लागि जाने उनको भनाइ छ ।

    नयाँ पार्टीको नाम, झन्डा, लोगो एउटै भएको अवस्थामा अघिल्लो दिन साँझ आवेदन लिएर भोली पल्ट पार्टी दर्ता गरेको निर्वाचन आयोगलाई सोध्दा दबाबमा परेको भन्दै सर्वोच्च जान आयोगले नै सुझाव दिएको उनले बताए ।

    उनले पार्टी फुटले सरकारलाई कुनै असर नगर्ने पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend