logo

२०८१ जेष्ठ २३ बुधबार

logo
  • बुधबार, २३ जेष्ठ २०८१
  • चिरायु नेसनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट दिने सम्झौता

    चिरायु नेसनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट दिने सम्झौता

    1.2K
    Shares
    चिरायु नेसनल हस्पिटल र प्रभु बैंकबीच विशेष छुट दिने सम्झौता

    काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं, बसुन्धराको चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल ईष्टिच्युटबाट अस्पताल सेवामा विशेष छुट पाउने भएका छन् । प्रभु बैंक र चिरायुबीच बैंकका ग्राहकहरुलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

    एक समारोहबीच चिरायु नेसनल हस्पिटलका निर्देशक सञ्जिव राजभण्डारी र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत रविन्द्र ढकालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक चिरायु नेसनल हस्पिटलमा पेश गर्नुपर्ने छ ।

    सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले चिरायु नेसनल हस्पिटलमा र मा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

    साथै प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैकसँगको आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

    नेपालको निजी क्षेत्रवाट सञ्चालित अग्रणी स्वास्थ्य सेवा प्रदायक चिरायु नेसनल हस्पिटलले केही दशकदेखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिक उपचारदेखि सघन उपचार उपलब्ध गराउँदै आईरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुको लागि चिरायु नेसनल हस्पिटलमा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परीक्षण, परामर्श तथा उपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।

    त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभुले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

    समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक, सविन राणा, दीना चित्रकार तथा चिरायु नेसनल हस्पिटलका व्यापार प्रवर्धन व्यवस्थापकको समेत उपस्थिति थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend