शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

जसपाबाट मन्त्रीमा तीन जनाको नाम सिफारिस, प्रदीप यादव स्वास्थ्यमन्त्री बन्दै

जसपाबाट मन्त्रीमा तीन जनाको नाम सिफारिस, प्रदीप यादव स्वास्थ्यमन्त्री बन्दै

काठमाडौँ । जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष नयाँ मन्त्रीमा तीन जनाको नाम सिफारिस गरेको छ ।

प्रदीप यादव, हसिना खान र रञ्जु झाको नाम मन्त्रीका लागि बालुवाटारमा बुझाइएको जसपाका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए ।

प्रदीप यादवलाई स्वास्थ्यमन्त्री, हसिनालाई स्वास्थ्य राज्यमन्त्री नियुक्तिको तयारी भएको छ भने रञ्जु झाको हकमा कुन मन्त्रालयमा पठाउने भन्ने विषयमा प्रधानमन्त्री गठबन्धनमा छलफलमा रहेका स्रोतले बतायो ।

जनता समाजवादी पार्टी, (जसपा) नेपाल सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागि हुने भएको छ ।

जसपा नेपालबाट सरकारमा रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले आज बिहान राजीनामा दिइसकेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend