आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

पाकिस्तानमा सडक दुर्घटनामा ५ जनाको मृत्यु

पाकिस्तानमा सडक दुर्घटनामा ५ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको मटियारी जिल्लामा भएको सडक दुर्घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । साथै १३ जना घाइते भएको उद्धार विभागले जनाएको छ ।

जिल्लाको सिखत क्षेत्रमा राष्ट्रिय राजमार्गमा यात्रु बोकेको ट्रेलरसँग यात्रुवाहक बस ठोक्किएको थियो । प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर शव र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो ।

घाइतेमध्ये कम्तीमा तीन जनाको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चिकित्सकहरूले आशंका गरेका छन् । यात्रुवाहक बस पूर्वी पञ्जाव प्रान्तबाट दक्षिणी बन्दरगाह शहर कराँचीतर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बस चालकको लापरबाही र तिब्र गतिका कारण दुर्घटना भएको देखिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend