logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • डोटीमा खोलामा डुबेर रोल्पाका ३६ वर्षीय एक युवको मृत्यु

    डोटीमा खोलामा डुबेर रोल्पाका ३६ वर्षीय एक युवको मृत्यु

    1.1K
    Shares
    डोटीमा खोलामा डुबेर रोल्पाका ३६ वर्षीय एक युवको मृत्यु

    काठमाडौँ । डोटीको शिखर नगरपालिका–७ स्थित छेडाई खोलामा डुबेर एक युवकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा रोल्पा जिल्लाको मध्यपश्चिम नगरपालिका–३ खुलेम घर भएका ३६ वर्षीया दीपेन्द्र घर्तीमगर रहेका प्रहरीले जनाएको छ । आज मंगलबार दिउँसो छेडाई खोलामा नुहाउने क्रममा डुबेर उनको मृत्यु भएको बताइएको छ ।

    खोटो कम्पनीमा काम गर्ने कामदार घर्तीमगरको आज मंगलबार दिउँसो करिब १२ बजेतिर खोलामा डुबेर मृत्युु भएको शिखर नगरपालिका–७ का वडा अध्यक्ष टेकराज भट्टले जानकारी दिनुभयो ।

    प्रहरीले घटना स्थल मुचुल्का तयार गरीसकेको र अहिले शव जिल्ला अस्पताल सिलगढी ल्याउने तयारी भईरहेको बताइएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend