logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • गगन थापामाथि खनिए ओली, संसद बैठकमा उदण्डता प्रस्तुत गरेको आरोप

    गगन थापामाथि खनिए ओली, संसद बैठकमा उदण्डता प्रस्तुत गरेको आरोप

    1.2K
    Shares
    गगन थापामाथि खनिए ओली, संसद बैठकमा उदण्डता प्रस्तुत गरेको आरोप

    काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद बैठकमा उदण्डता प्रस्तुत गरेको बताएका छन् । बुधवार एमाले संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले नेपाली काँग्रेसका महामन्त्री थापाले सभामुखमाथि अशिष्ट ढंगले प्रस्तुत भएर उदण्डता देखाएको बताएका हुन् ।

    उनले सभामुखले बोल्न समय दिँदा तपाईको निगाहाको समय चाहिँदैन भन्ने अभिव्यक्तिले उदण्डता प्रदर्शन भएको बताए । उनले नेपाली काँग्रेसको सभामुखसँग बोल्ने भाषा यही हो ? भनेर जवाफ समेत माग गरे । उनले कांग्रेसले एकदलीय, एकाधिकारवादी र तानाशाही चलाउन खोजेको हो भनि प्रश्न समेत गरे । उनले नेपाली कांग्रेस राजनीतिक अभिष्ट पूरा नभएपछि अरुलाई अपराधि करार गर्न लागेको बताए । उनले भ्रष्टाचारमा दोषि करार भएका कांग्रेसका सांसदले कुनै मुद्दा नभएको मानिसउपर छानविन गर्न समिति गठन गर भनि नाराबाजी गरेको भन्दै कांग्रेसलाई सरम हुनुपर्ने बताए ।

    उनले भने – ‘राजनीतिक अभिष्ट पूरा भएन । स्वार्थ पूरा भएन भने अर्को अपराधी भइहाल्ने ? अनि आफ्नोतर्फ आउन फकाउँदा फकिएन भने अपराधि भइहाल्ने ? नारा लाउनेमा कस्तो छन् ? नेपाली काँग्रेसलाई सरम हुनुपर्दछ । मुद्दा हारेका, भ्रष्टाचारमा आरोपी होइन अपराधी ठहरिएका मान्छे नेपाली काँग्रेसले भित्र ल्याएर अपराधमा कसुर ठहरिएका मान्छे, अपराधी हो भनेर अदालतले फैसला गरेको मान्छे आएर अर्को, जसमाथि कुनै मुद्दा छैन । केही छैन ।

    ऊ चाहीँ भ्रष्टाचारी हो । छानविन आयोग गठन गर भनेर ? के छानविन आयोग गठन गर्ने भ्रष्टाचारी ठहर भएकाले नारा लगाइराखेका छन् । नेपाली कांग्रेसलाई सरम हुँदैन ? भ्रष्टाचार ठहर भएको आफ्नो भएपनि सांसदलाई बाहिर निकाल्नु पर्दैन ? नियम कानुन नेपाली कांग्रेसले बुझेको छैन ? नियम पढेको छैन ? नेपाली जनतामा भ्रम पर्न आवश्यक छैन । नेकपा(एमाले) चाहन्छ, देशको अर्थतन्त्र नाजुक अवस्थामा छ । राजनीति जटिल अवस्थामा छ ।

    यस्तो अवस्थामा एउटा पार्टीको संकिर्ण स्वार्थ, गुट स्वार्थ, सत्ता स्वार्थका लागि संसद बन्धक बनाएर राख्ने र स्वेच्छाचारी ढंगले आफ्नो इच्छा अनुसार मात्रै संसद चल्ने ? सभामुखले फलानालाई बोल्न दिन्छु भन्दा बोल्न दिन नपाइने । यति अशिष्ट ढंगले । सभामुखले मैले तपाईलाई समय दिएँ भन्दा तपाईको निगाहाको समय चाहिँदैन भनेर उदण्डता प्रदर्शन गर्ने संसदमा ।

    सभामुखसँगको के भाषा हो नेपाली कांग्रेसको ? सभामुखसँग त्यस्तो भाषाले प्रस्तुत भएर यो संसद चलाउने खोजेको हो नेपाली कांग्रेसले ? काँग्रेस एकदलीय, एकाधिकारवादी, तानाशाही चलाउन खोज्छ कि बहुदलीय व्यवस्था चलाउन खोज्छ ? भिन्न आस्था, भिन्न विचार, भिन्न संस्था, भिन्न पार्टी, सहअस्तित्व र पारस्परिक मर्यादा त्यो कुरा नेपाली कांग्रेस बुझ्छ कि बुझ्दैन ?’

    अध्यक्ष ओलीले गृहमन्त्री रवि लामिछानेले संसद बैठकमा बोल्न पाउनुपर्ने बताए । उनले लामिछानेलाई आरोपित गरिएको भन्दै आरोपित व्यक्तिले बोल्न र सफाइ दिन पाउनुपर्ने बताए । उनले आगामी संसद बैठकमा नेकपा(एमाले) पनि बोल्ने बताए । उनले कांग्रेसको आग्रहपूर्ण, द्वेषपूर्ण, कुण्ठाग्रस्त सनकका पछाडी कुनै समिति बनाइरहनु जरुरी नभएका बताए । उनले संसद बैठक रोक्नुपर्ने आवश्यकता नरहेको भन्दै कांग्रेसले बैठक रोके नमान्ने पनि बताए ।

    उनले भने– ‘नेपाली कांग्रेसले पाखुरा देखाएको भरमा, मसलको राजनीति गरेको भरमा हामी लत्रिदिनु पर्ने ? आरोपित गरिएको व्यक्ति बोल्न र सफाइ दिन पाउनुपर्छ । पहिलो कुरा नै त्यहीँ हो । बोल्न पाउनुपर्छ । अब अर्कोदिन बाट हामी पनि बोल्न खोज्छौँ । कांग्रेस बोल्न पाउने, हामी बोल्न नपाउने ? कांग्रेस बोल्दा हामी सुन्नुपर्ने, हामी बोल्दा कांग्रेस कराउने । कहाँ हुन्छ त्यो ? कांग्रेसलाई बोल्न दिइँदैन अब । पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ । होइन भने हामी बोल्छौँ । कांग्रेसले चाहीँ आरोपित गरिरहने ।

    बकवास गरिरहने । अर्काले प्रतिवाद पनि गर्न नपाउने ? त्यस्तो न प्रजातन्त्र हुन्छ । न संसदीय अभ्यास हुन्छ । त्यसकारण मर्यादित संसदीय अभ्यासका लागि हामी सर्मपित छौँ । हामी लड्छौँ । हामी चुप लागेर बसेका छौँ भनेर हाम्रो बोलि छैन भन्ने कांग्रेसले नबुझे हुन्छ । संसद अविलम्ब भोलिबाट सुचारु हुनुपर्दछ । देश र जनताको, माननीय सांसदहरुको देशको लागि अहिले चिन्तित हुनुपर्ने बेलामा सांसदहरुको, संसदको यो समय कांग्रेसको लहडबाजीमा बर्बाद गरिनु हुँदैन ।

    कांग्रेसको कुण्ठा, आक्रोश ? सरकार खुस्कियो होला त अनि रविलाई चिथोर्ने ? रविको कमी कमजोरी छ भने निकाय छन् नि कारबाही गर्ने ? कसैले केही कारबाही थालेको छैन आफैँ सबकुछ गर्ने नेपाली कांग्रेस । जसको बारेमा पनि जे पनि बोल्दिने । कांग्रेसको आग्रहपूर्ण, द्धेषपूर्ण, कुण्ठाग्रस्त सनकका पछाडी कुनै समिति बनाइरहनु जरुरी छैन । संसद रोक्नुपर्ने आवश्यकता पनि छैन । कांंग्रेसले रोकेर अब मान्ने कुरापनि हुँदैन । कांग्रेसको घरबाट ल्याउको संसद हो यो ? उसलाई जसो मन लाग्छ त्यसै गर्ने । भोलिबाट कांग्रेस बोल्ने अरु नबोल्ने । कांग्रेसलाई नारा लगाउन आउने, अरुले नजानेको जस्तो चल्दैन भोलिबाट ।’

    अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेलाई नेपाली काँग्रेसले डेढ वर्ष प्रधानमन्त्री बन्न अफर गरेको दाबी पनि गरे । कांग्रेसको प्रधानमन्त्री अफर त्यागेपछि लामिछानेलाई आरोपित गर्ने प्रयास गरिएको उनको भनाई छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend