काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक विश्वासको मत लिनुभएकोप्रति आपत्ति जनाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले यही जेठ ७ गते चौथो पटक संसदमा विश्वासको मत लिने तयारी गरिरहेका बेला उनले त्यसप्रति आपत्ति जनाएका हुन् ।
नेता कोईरालाले प्रधानमन्त्री दाहाललाई कति पटक विश्वासको मत लिने ? भनि प्रश्न समेत गरे । उनले प्रधानमन्त्री दाहाल आफैँलाई प्रधानमन्त्री के का लागि भएको भन्ने जिज्ञासाको जवाफ नभएको जिकिर पनि गरे ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोईरालाले निर्वाचन प्रणालीकाकारण मुलुकमा राजनीतिक अस्थिरता भएकाले त्यसलाई परिवर्तन गरेर अघि बढने कुरामा ठूला दल कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अडान समेत दोहार्याए ।
नेता कोईरालाले निर्वाचन प्रणालीमा सुधार गरेर अघि नबढ्ने हो भने मुलुकलाई बर्बाद हुनबाट कसैले पनि जोगाउन नसक्ने बताए ।