काठमाडौँ । ट्वान्टी–२० विश्वकपअघिको तेस्रो अभ्यास खेलमा नेपाली क्रिकेट टिम विन्डवर्ड्स भोल्कानोजविरद्ध ६७ रनले पराजित भएको छ ।
शनिबार राति भएको खेलमा भोल्कानोजले पहिले ब्याटिङ गर्दै २०५ रन बनाएको थियो ।
२०६ रनको लक्ष्य पाएको नेपालले १७.२ ओभरमा सबै विकेट गुमाएर १३८ रनमात्र बनाउन सक्यो ।
यो नतिजासँगै नेपालले भोल्कानोजविरुद्धको तीन खेलको शृंखला २–१ ले जितेको छ ।
यसअघि नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः चार र ४९ रनको जित निकालेको थियो ।