शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

गृहमन्त्री लामिछानेले आजको संसद बैठकमा बोल्न पाउने

गृहमन्त्री लामिछानेले आजको संसद बैठकमा बोल्न पाउने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेले आजको संसद बैठकमा बोल्न पाउने भएका छन् ।

गृहमन्त्री लामिछानेलाई आजको संसदमा बोल्न दिने विपक्षी दलको बैठकले निर्णय गरेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको साझा बैठकले गृहमन्त्रीको जवाफ सुन्ने निर्णय गरेको हो ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका अनुसार विपक्षी दलको आइतबार बिहान बसेको बैठकले गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय भएको छ । उक्त बैठकले गृहमन्त्री लामिछानेलाई बोल्न दिने र त्यसपछि परिस्थिति हेरेर अघि बढ्ने निर्णय भएको प्रमुख सचेतक शाहीले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend