काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । आइतबार ४५.६९ अंकले बढेर नेप्से परिसूचक २०६४ अंकमा पुगेकाे छ ।
त्यस्तै अघिल्लो दिन ४ अर्ब २३ करोडको कारोबार भएकोमा आज ५ अर्ब २५ करोडकाे काराेबार भएकाे छ ।
आज सबै क्षेत्रका सूचकहरु बढेका छन् । बीमा समूहमा उल्लेख्य आकर्षण देखिएको छ । आज जीवन र निर्जीवन बीमा सबैभन्दा धेरै बढे ।
आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । हिमालयन लघुवित्तको ८.४, माउन्टेन हाइड्रो नेपालको ७.९, रुरुको ७.४, रिभरफल्स पावरको ७.१ तथा एनआईसी एसिया बैंकको ६.९ प्रतिशत मूल्य बढ्यो ।
माण्डु हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । पिपुल्स पावरको ७.७, बाराही हाइड्रोपावरको ६.३, गुराँस लघुवित्तको ५.२, दोल्ती पावरको ३.९ प्रतिशत मूल्य घट्यो ।