
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसलाई प्रधानमन्त्रीको अफरको डेट एक्स्पायर भयो कि छैन ? भन्दै प्रश्न गरेका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै रविले अघिल्लो दिन राति आफूलाई प्रधानमन्त्री प्रस्ताव गरेको तर नमान्दा भोलिपल्ट संसद् अवरुद्ध गरेको दाबी गरे ।
कांग्रेसको प्रस्ताव अस्वीकार गर्दा आफूमाथि सहकारीको आरोप लगाइएको उनले बताए ।
‘गृहमन्त्री हुँदा विरोध गर्ने तर प्रधानमन्त्रीको अफर ठीक हुने ?’, रविले भने, ‘हिजो डेढ वर्ष प्रधानमन्त्रीको अफर गरेको विषय एक्स्पायर भयो कि छैन ?’
‘राति प्रधानमन्त्रीको अफर गरेको अफर अस्विकार गरेपछि भोलिपल्ट सदन अवरुद्ध गरेको होइन ?’ रविले प्रश्न गरे ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend