शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने रास्वपाको निर्णय

प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने रास्वपाको निर्णय

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । सोमवार संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठक पार्टीका सांसदहरुलाई प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन ह्वीप जारी गर्ने निर्णय गरेको पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बताए ।

उनले विश्वासको मत लिने कुरामा प्रमुख प्रतिपक्ष र प्रतिपक्षहरुले संसद अवरुद्ध नगर्ने आफूहरुको विश्वास रहेको बताए ।

उनले भने, ‘सरकारले विश्वासको मत प्राप्त गर्नका लागि सम्माननीय प्रधानमन्त्रीज्युले विश्वासको मत लिनुहुने भएकाले हामीले विश्वासको मत दिन ह्वीप जारी गरेका छौँ । रास्वपाले आफ्ना सम्पूर्ण प्रतिनिधि सभा सदस्यहरुलाई ह्वीप लगाउने निर्णय भएको छ । विश्वासको मत लिने कुरामा प्रमुख प्रतिपक्ष र प्रतिपक्षहरुले त्यस्तो गर्लान् जस्तो लाग्दैछ । अवरुद्ध हुन्छ भन्ने लाग्दैन ।’

प्रमुख सचेतक परियारले संसदीय अभ्यासमा संवैधानिक काम गर्दा प्रतिपक्षले अवरोध गर्नु नहुने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend