काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ । सोमबार बसेको जसपा संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
सरकारका स्वास्थ्य मन्त्री समेत रहेका सांसद प्रदीप यादवका अनुसार दलको बैठकले दुईवटा प्रस्ताव पारित गरेको छ । एउटा प्रधानमन्त्रीलाई विश्वासको मत दिने र अर्को ह्विप जारी गर्ने निर्णय गरेको छ ।
सङ्घीय परिषद्का अध्यक्ष समेत रहेका अशोक राई समूहका सात सांसदले जसपा नेपाल विभाजन गरि जसपा नामको दल निर्वाचन अयोगमा दर्ता गराएको थियो ।