काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत माग्ने प्रक्रिया शुरु गरेका छन् ।
प्रतिनिधि सभाको सोमवारको दोस्रो बैठकमा आफूले अवरोधकाबीच आज पनि विश्वासको मत लिनुपरेको प्रधानमन्त्री दाहालको भनाई थियो ।
उनले आफूले प्रधानमन्त्री भएदेखि नै जनतामा आशा जगाउने गरी काम गरेको छ । प्रधानमन्त्री दाहालले सरकारले सबै क्षेत्रमा आशा जगाएको दाबी गरे ।