शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

वर्तमान सरकारले पूरै कार्यकाल काम गर्नेछः विष्णुप्रसाद पौडेल

वर्तमान सरकारले पूरै कार्यकाल काम गर्नेछः विष्णुप्रसाद पौडेल

sf7df8f}F, @( df3M cw{jflif{s ;dLIff k|:t't pkk|wfgdGqL tyf cy{dGqL lji0f' kf}8]n k|ltlglw;efsf] cfOtaf/ a;]sf] a}7sdf dGqfnosf] cw{jflif{s ;dLIff k|:t't ug'{x'Fb} . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले पूरै कार्यकाल काम गर्ने दाबी गरेका छन् । सोमवार प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राख्नुभएको विश्वासको मतमाथिको छलफलका भाग लिँदैं उनले सो कुरा बताएका हुन् ।

उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहाललाई अझ दह्रो कदमका साथ अघि बढन पनि आग्रह गरे । उनले सिंगो देश र संसदले साथ दिने भएकाले प्रधानमन्त्री दाहालले पछि हट्नुपर्ने कुनै कारण नभएको बताए । त्यस अवसरमा उपध्यक्ष पौडेलले प्रधानमन्त्री दाहाललाई सरकारमा सहभागी सबै दलले विश्वासको मत दिने विश्वास पनि व्यक्तगरे ।

उनले भने, ‘म सम्माननीय प्रधानमन्त्रीज्यु पुष्पकमल दाहाललाई अग्रिम रुपमा बधाई भन्न चाहन्छु–तपाईले हिजो भन्दा अझ फराकिलो आधारमा विश्वासको मत प्राप्त गर्दै हुनुहुन्छ । सम्माननीय प्रधानमन्त्रीज्यु तपाई दह्रो कदमका साथ अघि बढ्नुहोला । सिंगो सदनको तपाईलाई साथ हुनेछ । सिंगो राष्ट्रको साथ हुनेछ । आम नेपालीले साथ दिनेछन । र, यो प्रतिनिधिसभाले निर्वाचित गरेको यो सरकारले पूरा कार्यकाल पूरा गर्नेछ । यही विश्वासका साथमा नेकपा एमाले लगायत सरकारकामा सहभागी सबै राजनीतिक दलहरुको तर्फबाट विश्वासको मत प्रदान गरिने व्यहोरा अनुरोध गर्दछु ।’

उपाध्यक्ष पौडेलले मुलुकको विकास र समृद्धिको अभियानलाई तीव्रता दिन पनि सरकार र सत्तारुढ दलहरु प्रतिवद्ध भएर लागि परेको दाबी पनि गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend