मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

शेयर बजारमा दोहोरो अंक बृद्धि, ५ अर्ब ८५ करोडमाथिको शेयर कारोबार

शेयर बजारमा दोहोरो अंक बृद्धि, ५ अर्ब ८५ करोडमाथिको शेयर कारोबार

काठमाडौं । आज पनि शेयर बजारमा दोहोरो अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक २७.५४ अंकले बढेर २,०९२ को विन्दुमा कायम भएको छ ।

आज १३४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ५ अर्ब ८५ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै पोखरा फाइनान्सको १९ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोपावरको १८ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । फर्स्ट माइक्रोफाइनान्सको १३ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सामुदायिक लघुवित्त, बुद्ध भुमि नेपाल लघुवित्त, भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

उपकार लघुवित्तका लगानकिर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend