logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • युद्ध अपराधमा इसराइलका प्रधानमन्त्री नेतान्याहु र हमासका नेता सिन्वारविरुद्ध पक्राउ पुर्जी जारी गर्न निवेदन

    युद्ध अपराधमा इसराइलका प्रधानमन्त्री नेतान्याहु र हमासका नेता सिन्वारविरुद्ध पक्राउ पुर्जी जारी गर्न निवेदन

    1.6K
    Shares
    युद्ध अपराधमा इसराइलका प्रधानमन्त्री नेतान्याहु र हमासका नेता सिन्वारविरुद्ध पक्राउ पुर्जी जारी गर्न निवेदन

    एजेन्सी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) का प्रमुख अभियोजक करिम खानले युद्ध अपराधमा इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र हमासका नेता याहया सिन्वारविरुद्ध पक्राउ पुर्जी जारी गर्न निवेदन दिएका छन् ।

    अक्टोबर ७ मा इसराइलमाथि भएको हमला र त्यसपछि गजा क्षेत्रमा भएको हमलामा मानवताविरुद्धको अपराध र युद्ध अपराध गरेको भन्दै प्रमुख अभियोजक खानले नेदरल्याण्ड्सको हेगस्थित आइसिसीमा निवेदन दिएको अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनले जनाएको छ ।

    खानले सोमबार यसबारे सिएनएनसँग अन्तर्वार्ता समेत दिएका छन् । इसराइलका रक्षामन्त्री याओभ गालान्ट, हमासका अन्य दुई उच्च पदस्थ नेता मोहम्मद दाइब इब्राहिम अल–मस्री र इस्माइल हानियाविरुद्ध पनि पुर्जी जारी गर्न माग गरेको हो । यसरी परेको निवेदनमाथि आइसिसीकै न्यायाधीशहरुको इजलासले निर्णय गर्नेछ ।

    खानका अनुसार सिन्वार, हानिया र अल–मस्रीविरुद्ध हत्या, बन्धक बनाएको, बलात्कार, बन्धक बनाइएकामाथि यौन हिंसा लगायतका आरोप छन्। त्यस्तै इसराइली प्रधानमन्त्री नेतान्याहु र रक्षामन्त्री गालान्टविरुद्ध हत्या, युद्ध लड्न भोकमरी गराएको, मानवीय राहत आपूर्ति गर्न अस्वीकार गरेको, नागरिकमाथि आक्रमण गरेको लगायत आरोप छन् ।

    इसराइल र संयुक्त राज्य अमेरिका आइसिसीका सदस्य छैनन् । यद्यपि आइसिसीले प्यालेस्टाइनको गजा, पूर्वी जेरुसलेम र वेस्ट बैंक आफ्नो क्षेत्राधिकारभित्र पर्ने दाबी गरेको छ ।

    सन् २०१५ मा प्यालेस्टाइनी नेताहरुले आइसिसीको संस्थापक सिद्धान्तलाई पालना गर्न स्वीकार गरेका थिए । नेतान्याहु लगायतविरुद्ध पक्राउ पुर्जी जारी भएमा रोम सन्धिमा हस्ताक्षर गरेका १२४ राष्ट्रमा गए पक्राउ पर्न सक्छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend