शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सिरोहिया पक्राउबारे प्रचण्ड : अदालती प्रक्रियामा बढ्ता होहल्ला गर्न जरुरी छैन, निर्दोष भए सजिलै छुट्नुहुन्छ

सिरोहिया पक्राउबारे प्रचण्ड : अदालती प्रक्रियामा बढ्ता होहल्ला गर्न जरुरी छैन, निर्दोष भए सजिलै छुट्नुहुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेको विषयमा अनावश्यक होहल्ला गर्न जरुरी नरहेको बताएका छन् । काठमाडौंमा आजदेखि सुरु भएको ‘हिमाल, जनता तथा जलवायु परिवर्तन’ विषयक अन्तर्राष्ट्रिय विज्ञ संवाद’ कार्यक्रम उद्घाटनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

उनले अदालती प्रक्रियामा भएको कुरामा होहल्ला गर्न जरुरी नरहेको बताए । उनले भने, ‘यो अदालतले प्रक्रिया अगाडि बढाऊ भनिसकेपछि अदालती प्रक्रिया बुझ्याछु मैले, यो बढ्ता होहल्ला गर्न जरुरी छैन ।’

प्रधानमन्त्री प्रचण्डले यो अब अदालती प्रक्रिया भएको भन्दै निर्दोष भए सजिलै छुट्ने र यो हल हुने बताए । अदालतले प्रक्रिया अगाडि बढाउने दिएको आदेशबाहेक आफूले अरू कुरा नजान्ने प्रचण्डले बताए ।

नागरिकता दुरुपयोग गरेको भन्दै उजुरी परेपछि सिरोहिया मंगलबार पक्राउ परेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend