सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

भिसा अस्वीकार भएपछि सन्दीपलाई लिएर दूतावास जाने पारस खड्काकाे तयारी

भिसा अस्वीकार भएपछि सन्दीपलाई लिएर दूतावास जाने पारस खड्काकाे तयारी

काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । अमेरिकी दूतावासले आज अन्तर्वार्तामा बोलाएर सन्दीलाई भिसा नदिई फर्काइएको थियो ।

लामिछानेले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका छन् ।

सन्दीपले आफ्नो मुद्दामा अदालतबाट सफाइ पाइसकेका छन् । विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो ।

सन्दीपकाे भिसा अस्वीकार भएपछि क्यानका सचिव पारस खड्का सन्दीपलाई लिएर फेरि दूतावास जाने तयारी गरेका छन् ।

याे पनि :

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend