logo

२०८१ असार २ आइतबार

logo
  • आइतबार, २ असार २०८१
  • सिरोहिया पक्राउको विषयमा अनावश्यक हल्ला गर्न आवश्यक छैन : केपी ओली

    सिरोहिया पक्राउको विषयमा अनावश्यक हल्ला गर्न आवश्यक छैन : केपी ओली

    1.4K
    Shares
    सिरोहिया पक्राउको विषयमा अनावश्यक हल्ला गर्न आवश्यक छैन : केपी ओली

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको विषयमा अनावश्यक हल्ला गर्न आवश्यक नभएको बताएका छन् ।

    बुधबार झापा पुगेका ओलीले उक्त विषयमा कसैले पनि खासै हल्ला गर्न आवश्यक नभएको टिप्पणी गरेका छन् । यसैगरी उनले पक्राउ गर्नु पर्ने विषय अर्कौ हुनसक्छ,त्यो विषयमा अनावश्यक हल्ला गर्न आवश्यक नरहेको उनको भनाई छ ।

    उनले भने, “कुनै सञ्चारमाथि हमला भनेर, पत्रकारमाथि फौजदारी अभियोग छ, मिडिया हाउसको प्रमुखमाथि बेग्लै मुद्दा छ, किन यो समाचार प्रकाशित गरेको, किन यो बोल्यो भन्ने विषय त होइन । विषय अर्कै छ ।”

    सरकारले छानबिन गर्नुपर्ने देख्यो भने कोही समाउँदा, मन्त्री समाउँदा, प्रधानमन्त्री समाउँदा अनेक हुँदाखेरि हल्लिन, कराउन, दुनियाँ गर्न पर्ने अवस्था नभएको उनले बताए ।

    “टाइमिङ ठीक भयो कि भएन, त्यो बेग्लै कुरा होला । तर, डमोक्रेसी नै खतरामा परिहाल्यो त ? के सञ्चारका हकहरु खोसिएकै हुन् त ? यस्तो गलत व्याख्या उपयुक्त हुँदैन । जे यथार्थ हो, त्यही गर्नु राम्रो हो ।” उनले भने ।

    प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सिरोहियाको पक्षमा उभिरहेको बेलामा झापा पुगेका ओलीले बुधबार सिरोहियालाई गृहमन्त्रीको समाचारसँग जोडिएर पक्राउ गरिएको भनिएको कुरामा सत्यता नभएको जिकिर समेत गरेका छन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend