logo

२०८१ असार २ आइतबार

logo
  • आइतबार, २ असार २०८१
  • विश्वकपको तयारी गर्नसक्ने गरेका छौं, नेपाली टोलीबाट समर्थकको धेरै नै अपेक्षा छ : पारस खड्का

    विश्वकपको तयारी गर्नसक्ने गरेका छौं, नेपाली टोलीबाट समर्थकको धेरै नै अपेक्षा छ : पारस खड्का

    2.4K
    Shares
    विश्वकपको तयारी गर्नसक्ने गरेका छौं, नेपाली टोलीबाट समर्थकको धेरै नै अपेक्षा छ : पारस खड्का

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ट्वान्टी-२० विश्वकपको तयारीका लागि क्यानले गर्नसक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको उल्लेख गरेका छन् ।

    विश्वकपको तयारीका बारेमा गरेको कुराकानीमा पूर्वकप्तानसमेत रहेका पारसले विश्वकप अगाडि नेपालले म्याच एक्सपोजर र अन्य आवश्यक सुविधाका विषयमा क्यानले राम्रो तयारी गरेको उल्लेख गरेका हुन् ।

    उनले विश्वकप अगाडि ४० देखि ५० वटा ट्वान्टी-२० विश्वकप खेल्नुपर्छ भन्ने उद्देश्यअनुरूप नै नेपाली टोलीले क्रिकेट खेलेको बताए । फरकफरक कन्डिसनमा लगातार क्रिकेट खेलेको उनको भनाइ छ । यी सबै तयारी हेर्दा क्यानले खेलाडीलाई सबैथोक दिएको उनको विश्वास छ ।

    पूर्वकप्तान पारसले नेपाली टोलीबाट समर्थकले धेरै नै अपेक्षा गर्ने गरेको बताए । सामाजिक सञ्जालको माहोल नेपालले विश्वकप नै जित्नुपर्छ भन्ने खालको पनि रहेको पनि बताए । खेलाडीले राम्रो खेले खुशी हुनु राम्रो भएको तर नराम्रो हुँदा धेरै आलोचना गर्न नहुने उनले बताए । नेपालको साधनश्रोत भन्दा बढी अपेक्षा गर्न नहुने उनको तर्क पनि छ ।

    अधिकांश टोलीले अमेरिका र वेस्ट इण्डिजमा नै बेस बनाएर तयारी गरिरहेको उनले बताए । खेलाडीमाथि धेरै दबाब सिर्जना गर्न नहुने र अहिले विश्वकप खेलेको सेलिब्रेसन गर्ने अवस्था रहेको क्यानका सचिव पारसको बुझाइ छ ।

    क्यानका सचिव पारसले नेपाली टोलीमा सन्दीप जोडिने भएपछि टोलीमा नै आत्मविश्वास बढेको उल्लेख गरे । पछिल्लो समय सन्दीपको कमी भएको र सन्दीपको मुद्दाको टुङ्गो लागेकाले टोलीमा जोडिँदा आत्मविश्वास खेलाडीमा बढेको उनको धारणा छ । उनलाई कुन खेलाडीको स्थानमा राख्ने भन्ने जिम्मेवारी टिम सेलेक्टरमा नै छाडिएको पारसले उल्लेख गरे ।

    हाल नेपाली टोली वेस्ट इण्डिजमा अभ्यास सकेर अमेरिका पुगिसकेको छ । विश्वकप अगाडि नेपालले अमेरिकामा अभ्यास खेल पनि खेल्नेछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend