logo

२०८१ असार २ आइतबार

logo
  • आइतबार, २ असार २०८१
  • कैलाश सिरोहिया निर्दोष छन्, रविमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्दैनः नेता निधी

    कैलाश सिरोहिया निर्दोष छन्, रविमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्दैनः नेता निधी

    1.1K
    Shares
    कैलाश सिरोहिया निर्दोष छन्, रविमाथि संसदीय छानबिन समिति नबनेसम्म सदन चल्दैनः नेता निधी

    काठमाडौं । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न नदिने बताएका छन् । बिहीवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले गृहमन्त्रीको प्रकरणमाथि सरकारले न्यायधीश भएर निर्दोष घोषणा गर्नुले पनि झनै प्रमाणित हुने जिकिर गरे । उनले उपप्रधानमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणमा काँग्रेसले शुक्रवार काठमाडौं केन्द्रित बिरोध प्रदर्शन गर्ने बताए । उनले सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरेको बताए ।

    उनले अध्यक्ष सिरोहियाको साथमा नेपाली काँग्रेस र सबै नेपालीहरु रहेको भन्दै कैलाश सिरोहियाको पक्राउको बिरुद्धमा काँग्रेस रहेको बताए । उनले सरकारले अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण रुपमा पक्राउ गरेकाले तत्काल रिहाइ गर्नुपर्ने बताए । कैलाश सिरोहियामाथिका आरोप निराधार र त्रुटीपूर्ण रहेको बताए ।

    उनले भने, ‘सरकारले कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण तरिकाले सरकारले गिरफ्तार गरेको छ । अनावश्यक दुःख दिएको छ । उहाँलाई जनकपुरमै ल्याइएको छ । उहाँ प्रहरीको नियन्त्रणमा हुनुहुन्छ, उहाँलाई नै भेट्न आएको हुँ । उहाँप्रति ऐक्यवद्धता प्रकट गर्न आएको छु । हामी कैलाश सिरोहियाको साथमा छाैँ । कैलाश सिरोहियाको पक्राउको बिरुद्धमा छाँै । यो प्रतिशोधपूर्ण पक्राउको सरकारले रिहाई गर्नुपर्छ । यस्तो त होइन, दुई वटा नागरिकता केसमा बदर नै भइसकेको छ ।

    अहिले गृहमन्त्री जो हुनुहुन्छ, उहाँलाई बदर गरियो । कैलाश सिरोहियालाई अनावश्यक रुपमा गिरफ्तारी गरिएको छ । उहाँमाथि जुन आरोप छ, त्यो आरोप निराधार र त्रुटीपूर्ण छन् । कानूनी र व्यवस्थापकीय कारणले फरक फरक देखिएको छ । कीर्ते होइन । यो सबैको सरोकारको विषय हो । रवि लामिछानेको सहकारी ठगीको आरोपमा छानबिन समिति बनाउन हामीले भनेका छौँ । सरकार आफैँले न्यायधीश भएर निर्दोष घोषणा गर्नुभएको छ । त्यसको बिरुद्धमा शुक्रवार प्रदर्शन गर्दैछौँ । जबसम्म संसदीय छानबिन समिति बन्दैन, तबसम्म संसदको अरु कामहरु अघि बढ्दैन ।’

    नेता निधीले सरकार तानाशाही, अधिनायकवादी र राज्य कब्जा गर्नेतिर उन्मुख भइरहेकाले त्यसको बिरुद्ध शान्तिपूर्ण संघर्ष अघि बढाउने चेतावनी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend