logo

२०८१ असार २ आइतबार

logo
  • आइतबार, २ असार २०८१
  • सीता एअरको जहाजले ठक्कर दिँदा आफ्नै स्टेशन प्रमुख घाइते

    सीता एअरको जहाजले ठक्कर दिँदा आफ्नै स्टेशन प्रमुख घाइते

    1.4K
    Shares
    सीता एअरको जहाजले ठक्कर दिँदा आफ्नै स्टेशन प्रमुख घाइते

    मुगु । मुगुस्थित रारा विमानस्थलमा सीता एअरको टुइनेटर जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत आफ्नै स्टेशन प्रमुख घाइते घाइते भएका छन् ।

    यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको उक्त एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् ।

    जहाजका चालकलाई विमान उडान संकेत गरिरहेका बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाजको अघिल्लो भागले ठक्कर दिँदा भाम घाइते भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

    घाइते कर्मचारी भामलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको प्रहरी नायव उपरीक्षक थापाले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend