logo

२०८१ असार २ आइतबार

logo
  • आइतबार, २ असार २०८१
  • शुक्रबारदेखि फेरी आन्दोलनमा उत्रिदै सहकारी पीडितहरु

    शुक्रबारदेखि फेरी आन्दोलनमा उत्रिदै सहकारी पीडितहरु

    832
    Shares
    शुक्रबारदेखि फेरी आन्दोलनमा उत्रिदै सहकारी पीडितहरु

    काठमाडौँ । भोली शुक्रबारदेखि सहकारी पीडित बचकर्ताहरुले पुनः आन्दोलन सुरु गर्ने भएका छन् ।

    सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरुले काठमाडौँको माइतीघर मण्डलामा पुनः तेस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका छन् ।

    देशभरीका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै अगाडि बढेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले भोली शुक्रबारबाट आन्दोलन गर्ने घोषणा गरेको हो ।

    सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले तेस्रो चरणको आन्दोलनको घोषणा गर्नुपरेको महासंघका अध्यक्ष कुसलभ केसीले बताए । उनका अनुसार भोली शुक्रबार ११ बजेदेखि माइतीघर मण्डलाबाट सहकारी पीडितहरुले तेस्रो चरणको आन्दोलन सुरु गर्ने छन् ।

    सहकारी पीडितहरुको माग पूरा नभएसम्म अब आन्दोलन देशैभरि सशक्त रुपमा अगाडि बढ्ने तथा नेपालगञ्ज, चितवन र धरानमा पनि आन्दोलन एकैपटक सुरु हुने उनको भनाई छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend