
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालले महाधिवेशन प्रतिनिधि निर्वाचन कार्यलाई तिव्रता दिएको छ । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीका विभिन्न तहगत समिति, जनवर्गीय सङ्गठन, पेसागत तथा सामाजिक सङ्घ सङ्गठनबाट प्रतिनिधि निर्वाचन कार्य भइरहेको जानकारी दिएका छन् ।
प्रमुख बस्नेतले भने, ‘प्रतिनिधि निर्वाचनका लागि केन्द्रीय निर्वाचन तदर्थ समितिले प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र तथा जनवर्गीय सङ्घ, सङ्गठनहरुमा निर्वाचन अधिकृत खटाएको छ । पार्टी सदस्यताको आधार र समितिगत प्रतिनिधित्व गरेर करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।’
बस्नेतका अनुसार महाधिवेशनको कार्यतालिका अनुसार जेठ १५ गते सङ्गठन विभागले निर्वाचित महाधिवेशन प्रतिनिधिहरुको अभिलेखीकरण गरी केन्द्रीय निर्वाचन तदर्थ समितिले अन्तिम नामावली प्रकाशन गर्नेछ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend