logo

२०८१ असार २ आइतबार

logo
  • आइतबार, २ असार २०८१
  • मोटरसाइकल चालकलाई ठक्कर दिएर फरार भएका चालक टिपरसहित पक्राउ

    मोटरसाइकल चालकलाई ठक्कर दिएर फरार भएका चालक टिपरसहित पक्राउ

    2.4K
    Shares
    मोटरसाइकल चालकलाई ठक्कर दिएर फरार भएका चालक टिपरसहित पक्राउ

    काठमाडौँ । ललितपुर महानगरपालिका–१७ ग्वार्को गएराति मोटरसाइकल चालकलाई ठक्कर दिएर फरार रहेका चालक बा ३ ख ६६२१ नम्बरको टिपरसहित आज पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा गोदावरी नगरपालिका–६ का २६ वर्षीय छेइसाङ तामाङ रहेका र निजलाई सिसिटिभी फुटेजको आधारमा उनलाई गोदावरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवंं प्रहर िउपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

    गएराति १ बजेतिर ग्वार्कोमा नम्बर नखुलेको टिपरले प्रदेश ०२–०१–००२ प ९१७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । टिपरको ठक्करबाट सिरहा घर भइ कोटेश्वर बस्दै आएका ३२ वर्षीय मोटरसाइकल चालक जयनाथ यादव गम्भीर घाइते भएका थिए ।

    घाइते यादवको बी एण्ड बी अस्पतालमा उपचारकै क्रममा गए राति नै उनको मृत्यु भएको थियो । यादवलाई ठक्कर दिएर फरार भएको टिपरको पहिचान भएको थिएन् ।

    सिसिटिभी फुटेमार्फत टिपरको पहिचान गर्दै टिपरसहित चालक तामाङलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    निजविरुद्ध प्रहरी वृत्त सातदोबाटोबाट सवारी ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको प्रवक्ता सुवेदीले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend