logo

२०८१ असार २ आइतबार

logo
  • आइतबार, २ असार २०८१
  • चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक

    चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक

    1.2K
    Shares
    चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक

    काठमाडौं । नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक भएको हो ।

    चलचत्रिमा राई जातिको सामाजिक पृष्ठभूमिमा चलचित्र निर्माण गरिएको छ । ट्रेलर सार्वजनिक भएपछि रंगपत्रकारहरुसँग कुरा गर्दै अभिनेता दयाहाङ राईले एउटा विकट गाउँमा राई समुदायको परिवेशभित्रको परिवारको कथालाई चित्रित गरिएको बताए । उनले चलचित्रको कथावस्तुले आफ्नै घरको महशुस गराउने बताए । उनले आफू ८ कक्षामा अध्ययनरत हुँदा नै चलचित्र बन्ने भनेको सुनेपनि अहिले आफ्नै लागि यतिका समयसम्म नबनेको हो की भन्ने महशुस गराएको बताए ।

    उनले भने, ‘यस चलचित्रमा मलाई आश थिएन की म एक्टर हुन्छु भन्ने थिएन । मैले काम गर्ने अवसर पाउँछु भन्ने पनि थिएन । यो फिल्म अहिलेसम्म मेरै लागि बाँकी रहेको थियो की जस्तो लाग्छ, यसमा बाउ छोराको कथा देखाइएको छ । एउटा विकट गाउँको कथा हामीले भनेका थियौँ । एउटा विकट गाउँको राई समुदायको परिवेशभित्रको परिवारको कथा हो यो । यो चलचित्रको विषयवस्तु आफ्नै घरको महशुस गर्छौं ।’

    गाउँ आएको बाटोमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बाले अभिनय रहेको छ । महेश राई र निर्देशक नविन सुब्बाले लेखेको चलचित्रको छायांकन जोस हेरम, सम्पादन क्वान पुन लिउङले र हेडी लीले संगीत दिएका छन् । चलचित्र जेठ २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend