logo

२०८१ असार २ आइतबार

logo
  • आइतबार, २ असार २०८१
  • गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छः मन्त्री शर्मा

    गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छः मन्त्री शर्मा

    962
    Shares
    गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छः मन्त्री शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रमा बद्मासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताएकी छन् । बिहीवार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवस २०८१ का अवसरमा आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ तस्वीर प्रदर्शनीमा बाल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

    उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारको डेढ वर्षको अवधिमा गणतन्त्रिक व्यवस्थामा बद्मासी गर्नेलाई कारबाही हुन्छ भन्ने भाष्य स्थापित भएको बताएकी हुन् । उनले सरकार बन्ने बेलामा वर्तमान व्यवस्था नै खराब हो र गणतन्त्रबाट केही भएको छैन भन्ने भाष्य स्थापित हुन खोजेको अवस्था रहेको भन्दै अहिले त्यस्तो अवस्था नरहेको बताइन् ।

    अहिले जतिसुकै ठूलो पदीय हैसियतमा भएपनि गल्ती गर्नेलाई छुट हुँदैन भन्ने स्थापित भएको उहाँले बताइन् । उनले सरकारको गतिविधिबाट गणतन्त्र र संविधानभन्दा माथि कोही छैन भन्ने कुरा पुष्टि भएको बताइन् ।

    उनले भनिन्– ‘सुशासनको क्षेत्रमा सरकारले लिएको पहलकदमीले व्यवस्था र परिवर्तनको पक्षमा सकारात्मक भाष्य स्थापना गर्न सक्यौँ । यसमा मानव सूचकांकदेखि लिएर समग्र क्षेत्रमा राम्रो, सकारात्मक प्रभाव अगाडी बढाउँदै छ भन्ने कुरालाई तथ्य, तथ्यांकबाट बाहिर राख्यौँ । र सरकारले सुशासनको पहलकदमी लिएर चाहे जतिसुकै ठुलो पदीय हैसियतमा भएको भएपनि यदि गल्ती कसैले गर्छ भने गणतन्त्रमा छुट हुँदैन भन्ने एउटा जबर्जस्त भाष्य स्थापित गर्यौँ र ठूलो मान्छे भएपछि जे गरेपनि हुन्छ । बद्मासी गर्दापनि हुन्छ ।

    कानूनले छुन सक्दैन भन्ने ढंगको भाष्य स्थापित हुँदा र त्यसबाट आम जनमानसमा निराशा पैदा भएको थियो । त्यसलाई चिर्न सफल भयौँ भन्ने लाग्छ आजसम्म आउँदा । सरकारको करिव डेढ वर्षको अवधि पुगेको छ । यो अवधिमा हामी सबैले मेहनत गरेर गणतन्त्र छ र बदमाशी गर्नेलाई कारबाही हुन्छ । गणतन्त्र छ र नै संविधानभन्दा माथि कोही छैन । गणतन्त्र छ र नै कानून सबैलाई लाग्छ भन्ने कुरा हामीले व्यवहारतः पुष्टि पनि गर्यौँ । स्थापित पनि गर्यौँ ।’

    उनले गणतन्त्रपछि सञ्चार क्षेत्रमा गुणात्मक उपलब्धी हासिल भएको बताइन् । तीन तहको सरकार बनेपछि स्थानीय तहमा सडक पूर्वाधारहरु धेरै बनेको र विकास हुन थालेको पनि बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend