काठमाडौं । अमेरिकाले बंगलादेशलाई लगातार दुई खेलमा पराजित गरेको छ । गएराती सम्पन्न टी २० सिरिजको दोस्रो खेलमा अमेरिकाले बंगलादेशलाई ६ रनले पराजित गरेको हो ।
अमेरिकाले दिएको १४५ रनको लक्ष्य पछाएको बंगलादेश १९.३ ओभरमा १३८ रन बनाएर अल आउट भएको थियो ।
यस अघि अमेरिकाले पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १४४ रन बनाएको थियो । यस अघि पहिलो टी २० मा अमेरिकाले बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो ।
योसँगै तीन खेलको सिरिज अमेरिकाले एक खेलअगावै जितेको छ । यी दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ ।