आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

इजरायली सेना वेस्ट बैंकको जेनिनबाट फिर्ता

इजरायली सेना वेस्ट बैंकको जेनिनबाट फिर्ता

एजेन्सी । इजरायली सेना बिहीवार वेस्ट बैंकको जेनिन र यसको शरणार्थी शिविरबाट तीन दिनको सैन्य कारबाही पछि फिर्ता भएको छ । जसमा १२ प्यालेस्टिनी मारिएका थिए र अन्य २५ जना घाइते भएका छन् ।

प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली सेनाले मंगलवार बिहान जेनिन शहर र त्यसको शिविरमा आक्रमण गरेको थियो । स्थानीय स्रोत र प्रत्यक्षदर्शीहरूलेसैन्य बुलडोजरहरूले पूर्वाधारहरू ध्वस्त पारेका बताएका छन् । जसले शहरको ठूलो भागमा बिजुली अवरुद्ध र सञ्चारमा अवरोध उत्पन्न गरेको थियो ।

जेनिनमा इजरायली बन्दुकको गोली लागेर चार बालबालिकासहित १२ जना प्यालेस्टाइनीको मृत्यु भउको छ । जेनिन र यसको शिविरमा प्यालेस्टिनी गुटहरूले मृतकहरूको शोकमा सामान्य हड्तालको घोषणा गरेका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend