logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आर्थिक शिथिलता चिर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छः उपसभापति डा.वाग्ले

    आर्थिक शिथिलता चिर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छः उपसभापति डा.वाग्ले

    623
    Shares
    आर्थिक शिथिलता चिर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्छः उपसभापति डा.वाग्ले

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले आर्थिक शिथिलता चिर्नेगरी आगामी आर्थिक वर्षको बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव दिएका छन् । आईतवार आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमबारे संसदको छलफलमा भाग लिँदै उनले यस्तो सुझाव दिएका हुन् ।

    उनले सरकारले ल्याएको नीति तथा कार्यक्रममा पार्टीको पूर्ण समर्थन रहेको भन्दै आगामी वर्षको बजेट अर्थतन्त्रमा देखिएको शिथिलता चिर्नेगरी ल्याउन आवश्यक रहेको बताए । उनले रास्वपाले सम्हालेका मन्त्रालयमा समेटिएको नीति तथा कार्यक्रमलाई बजेटले ठोस रुपमा सम्बोधन गर्ने समेत उल्लेख गरे । उनले आर्थिक शिथिलता चिर्दै दिगो रोजगार मुलुक वृद्धिको जग बसाल्ने,राजश्व बढाउने,खर्चको व्यवस्थान गर्न र सामाजिक रुपान्तरणकारी बजेट ल्याउन आग्रह गरे ।

    उनले पूर्वाधारको शिथिल एजेण्डामा केही गति लिने र सुझबुझ पूर्ण अन्तर्राष्ट्रिय इङ्गेजमेण्ट जलवायु कुटनीति देखि लिएर १६ औं पञ्चवर्र्षीय योजनाको आरम्भ वर्षमा ठोस काम हुने गरेर यो वर्षको बजेट आउनुपर्ने बताए ।

    उनले भने,‘६५ वर्ष अगाडि नेपाली लोकतान्त्रिक आन्दोलनमा धरोहर हामी सबैका प्रेरणा विश्वश्वरप्रसाद कोईराला (बिपी)ले ६५ वर्ष पहिला स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पुर्याउनलाई ,यो लजास्पत, यो लजास्पत, यो लजास्पत,औचित्य हिन विरोध प्रति मेरो घोर खेद छ । संसदको ओझ,गरिमा,उपध्यायता असान्र्दभिक बनाउने नेपाली काँग्रेसको कदमप्रति जाने की समाधानतिर जाने हो । ७५ लाख सहकारी बचतकर्ताहरुको बचत राखिएको छ ।

    समाधान उन्मुख हुने हो की ? व्यक्ति केन्द्रित भएर खराब नजिर बनाउने तिर मुल मुद्धा बनाउने हो । समिति बनाउनको लागि सहमति भएको छ । नेपाली कांग्रेसको औचित्य हिन कर्मकाण्डी विरोधको कुनै सान्र्दभिकता छैन ।

    समिति बनाउन टिओआरमा छलफल चलिएरहेको छ । आर्थिक सिथिलता चिर्दै दिगो रोजगार मुलुक वृद्धिको जग बसाल्ने,राजश्व बढाउने,खर्चको बेमेल मिलाउँदै सामाजिक रुपान्तरणको जग अगाडि बढाउने,पूर्वाधारको सिथिल एजेण्डामा केही गति लिने र सुझबुझ पूर्ण अन्तर्राष्ट्रिय इङ्गेजमेण्ट जलवायु कुटनीतिदेखि लिएर,किसित मुलुकमा स्तर उन्नतीदेखि छिमेकी देशरुसँग पुनःउदयसँग गाँसिने गरेर १६ औं पञ्चवर्षीय योजनाको आरम्भ वर्षमा ठोस काम हुने गरेर यो वर्षको बजेट आओस् ।’

    उनले कांग्रेसले संसदमा गरिरहेको अवरोधलाई ‘औचित्यहिन’ भन्दै खेद प्रकट गरे । उनले नेपाली कांग्रेसले विश्वश्वरप्रसाद (बिपी) कोईराला ले ६५ वर्ष पहिला स्थापित गरेको मानकलाई आज यो अवस्थामा पुर्याउन लज्जास्पद र औचित्यहिन बिरोधप्रति गरेको बताए । उनले नेपाली कांग्रेसले सहकारीको विषयलाई उठाएर समाधान भन्दा पनि संसदको ओझ,गरिमा असान्दर्भिक बनाउने कदममा गएको आरोप लगाए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend