मंगलबार, बैशाख २३ २०८२

मंगलबार, बैशाख २३ २०८२

सार्वजनिक संस्थानहरूको खुद नाफा ४८ अर्ब ५१ करोड, २६ वटा संस्थान नाफामा

सार्वजनिक संस्थानहरूको खुद नाफा ४८ अर्ब ५१ करोड, २६ वटा संस्थान नाफामा

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा संसदमा प्रस्तुत गरेको छ । अर्थ मन्त्रालयले आइतबार संसदमा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालमा सञ्चालनमा रहेका ४४ सार्वजनिक संस्थानमध्ये २६ वटा संस्थान नाफामा रहेका छन् ।

त्यस्तै १५ वटा संस्थान घाटामा देखिएका छन् । ३ वटा संस्थानको कारोबार शून्य रहेको छ । संस्थानहरूको कुल सञ्चालन आय ६ खर्ब ६१ अर्ब १ करोड रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा सार्वजनिक संस्थानहरूको खुद नाफा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/७९ को तुलनामा सार्वजनिक संस्थानको समग्र खुद नाफामा ३०४६.२० प्रतिशतले वृद्धि भई यस आवमा संस्थानहरूको खुद नाफा ४८ अर्ब ५१ करोड पुगेको देखिएको छ । अघिल्लो वर्ष निगम ३८ अर्ब १७ करोड घाटामा रहेको निगम गत वर्ष भने ११ अर्ब ७२ करोड नाफामा रहेको छ ।

सार्वजनिक संस्थानमा सरकारको कुल लगानी अघिल्लो आवको तुलनामा ८.६२ प्रतिशतले बढेर ६ खर्ब ६१ अर्ब पुगेको छ । संस्थानमा सरकारको ३ खर्ब ७९ अर्ब सेयर लगानी र २ खर्ब ८१ अर्ब ऋण लगानी रहेको छ । सार्वजनिक संस्थानले कुल ३२ हजार १८० जनालाई रोजगारी दिएको पाइएको छ । सार्वजनिक संस्थानहरूको सञ्चित नाफा ६१ अर्ब १४ करोड पुगेको छ ।

निजीकरण गरिएका १८ वटा संस्थानमध्ये १० वटा नाफामा रहेको पाइएको छ । सार्वजनिक संस्थानको प्रशासनिक खर्च एक वर्षमा ४३ अर्ब ९० करोड रहेको समेत अर्थ मन्त्रालयको तथ्यांक छ ।

गत आवसम्म २० वटा संस्थानले लेखापरीक्षण गराएका छन् । हाल अस्तित्वमा रहेका सार्वजनिक संस्थानको संख्या ४४ वटा छन् । जसमा औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५ जनोपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ सार्वजनिक संस्थान अस्तित्वमा रहेका छन् । स्वामित्वका आधारमा हेर्दा २० वटा नेपाल सरकारको पूर्ण स्वामित्वमा र २४ वटा अधिकांश स्वामित्वमा रहेका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend