काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत वार्मअप खेलमा आज नेपाल र क्यानडा खेल्दै छन् । आजदेखि सुरु हुने वार्मअप खेलमा नेपालले क्यानडासँग खेल्न लागेको हो ।
नेपाली समयअनुसार राति सवा ९ बजे अमेरिकाको डालासस्थित क्रिकेट मैदानमा खेल सुरु हुनेछ ।
आईसीसीको टी–२० वरीयतामा नेपाल १७औँ स्थानमा छ । क्यानडा २३औँ स्थानमा रहेको छ ।
टी–२० विश्वकपका लागि घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिस जीसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।